जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल

ENGLISH

NRN GLOBAL

जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल

६९ सदस्यीय जम्वो कार्य समिति,

22 January, 2017 | Sandeep Bhattarai | 1120 Views | comments

सभापति डिपी कँडेलद्धारा सवै एक जुट भएर अगाडी वढन आग्रह

नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको नवनिर्वाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन।

जनसम्पर्क समिति जापान

शनिवार टोकियोमा आयोजित एक समारोहका वीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता सुरेन्द्रराज पाण्डेले सभापतिमा डिपी कँडेल सहित ६९ सदस्यीय कार्यसमितिलाई पदभार ग्रहण गराउनु भएको हो।

नव गठित समितिको सभापतिमा कँडेल सहित १० जना उपाध्यक्षहरुमा राजेन्द्रप्रसाद जमरकट्टेल, बद्रीनाथ पौडेल, पुस्करजंग थापा, पेम्वा लामा, सुजन जोशी, बिष्णु अर्याल, साधना घिमिरे, नवराज थापा, पिताम्बर चापागाई (पदमपानी) र रामकृष्ण बम मल्ल रहेका छन। यस्तै महामन्त्रीमा रामजंग कार्की र रेशम डंगोल सहमहामन्त्रीमा प्रेमप्रसाद कँडेल, हरिप्रसाद कँडेल,ध्रुवकुमार थापा, युवराज अधिकारी, टिकाराम खरेल र पोषकान्त न्यौपाने चयन भएका छन।

यसैगरि कोषाध्यक्षमा बावुराम सापकोटा र सावित्री लामा सहकोषाध्यक्षमा वासुदेव बस्ताकोटी र दिपक वुर्जामगर र प्रवक्तामा सुरेश गिरी चयन भएका छन। भने ४५ सदस्यीय सदस्यहरुमा राजनकुमार गिरी, कृपन दाहाल, भिमलाल गैरे, अशोक शर्मा (गोपाल), लक्ष्मण थापा, लक्ष्मण बानिया, उल्लाश पाण्डे , जीवन खड्का, कृष्ण गैरे, सुजन खड्का, सुशिल पौडेल, रामबहादुर कार्की , नविनसागर सापकोटा, ध्रुव बस्नेत, कमल आचार्य, राजु पनेरु, जिवन आचार्य, नृप बुढा, दिपक भुसाल, उमानन्द आचार्य, लक्ष्मण गुरागाई, किरण उप्रेती, चिरन पाठक, अरुण खड्का, विपिन घिमिरे, राम बास्तोला, रवि गिरी, तेजेन्द्र जिसी(वकिल), शिशिर ज्ञवाली, जितेन्द्र केसी, डम्मर पुन, भुमिराज दवाडी, गुणराज सापकोटा , सुरेश सापकोटा, गीता देवी कँडेल , सुष्मा वाइवा, मिनराशी गुरुङ, मेख बहादुर लामा (तामाङ्ग), बिजय भट्टचन , टेक बहादुर नेपाली, राजविन थापा, लिल गुरुङ्ग, शरद लामिछाने , डिल्लीराम शिवाकोटी, ल्हाक्पा गेलु शेर्पा रहेका छन।

गत महिना जापान भ्रमणमा आउनु भएका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र साम्सद राजन केसीको रोहवरका विवादमा रहेको जनसम्पर्क समितिको कार्य समिति चयनलाई निस्कर्षमा पुरयाएको थियो। सोही सहमतिलाई कार्यान्वयका लागि पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको सहभागितामा शनिवार आधिकारीकता प्रदान गरिएको हो।

समारोहलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य पाण्डेले प्रवासमा विभिन्न पेसा व्यवसायमा रहेका नेपालीहरुले राजनीतिक रुपमा भन्दा पनि आपसी भाईचारा र एकताका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभयो। राजनीतिक पार्टीमा जुनसुकैमा आस्था रहेपनि पहिलो नेपाली हु भन्ने नविर्सन सवैलाई आग्रह गर्नुभयो।

यसैवीच आईतवार टोकियो नेपाली मुराहलमा घोषणासभाको जानकारीका लागि आयोजित पत्रकार सम्मेलन कार्यक्रमलाई सम्वोधन गर्दै युवा नेता पाण्डेले पार्टीको नीति र निर्देशन विपरित कुनैपनि काम कारवाही नगर्न सवैमा आग्रह गर्नुभयो। लामो प्रयासका वीच सवैपक्ष एकजुट भएको अवस्थामा कसैले पनि फेरी विवाद गरेको जानकारी आए कडा कारवाही गरिने चेतावनी दिनुभयो।

कार्यक्रममा निवर्तमान सभापति नारायण सुवेदीले सामान्य विषयमा सहमति हुन नसक्दा केही समय अन्याैल उत्पन्न हुदा पर्न गएकाे भ्रमप्रति माफी माग्दै अागामी दिनमा समाजकाे हितका लागि एक जुट भएर अगाडी वढन अाग्रह गर्नुभयाे।

अार्इतवारकाे पत्रकारहरुको जिज्ञासालाई सम्वोधन गर्दै नेता पाण्डेले विधान अनुसार नै नयाँ कार्यसमिति चयन भएको र डिपी कँडेलको कार्यसमिति नै आधिकारीक रहको बताउनु भयो। समारोहमा सम्वोधन गर्दै नेता पाण्डेले नेपालमा यतिवेला विभिन्न समयमा भएका आन्दोलन र यसबाट मिलेको उपलब्धीलाई कार्यान्वयका लागि संविधानमा संशोधन जरुरी भएको औल्याउनु भएको थियो।

कार्यक्रममा सभापति डिपी कँडेलले अर्को वर्ष रोशन केसीलाई सभापति पद हस्तान्तरण गर्न सहमति भएको र यस अघि सहमति भए नयाँ अधिवेशन समेत गर्न सकिने जानकारी दिनुभयो। शनिवार आयोजित पत्रकारसम्मेलन विभिन्न संघसस्थाका पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।

नेपाली जनसम्पर्क समिति जापानको विपी जयन्ती सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK