छोरो फर्किने आशमा आमा चन्द्रमाया (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

छोरो फर्किने आशमा आमा चन्द्रमाया (भिडियो सहित)

13 March, 2016 | Sandeep Bhattarai | 595 Views | comments

Durga_photoपूर्व पश्चिम राजमार्गको ढल्केवरबाट अढाई किलोमिटर पश्चिममा पर्छ जमुनीवास गाउँ । गाउँमा पस्ने बित्तिकै उखुको झोलबाट सख्खर बनाउँदै गरेको तिख्खर मिठो बास्ना आयो । कुनै विद्यालयमा चर्को आवाजमा माईक बज्दैछ । अर्थात गाउँमा उत्सव छ ।

तर हामी त्यो उत्सव हेर्न त्यहाँ पुगेका थिएनौं । कमाउन भन्दै बैदेशिक रोजगारीका लागि मलेसिया गएका दुर्गा आलेको परिवार भेट्न हामी त्यहाँ पुगेका थियौं । बैदेशिक रोजगारीबाट फर्केर गाउँमै चेनता जगाउने काममा खटिएकी जानकीमाया तामाङले हामीलाई दुर्गा आलेको घरमा पुर्याइन् ।

हामी त्यहाँ पुग्दा दुर्गाकी आमा चन्द्रमाया खाना पकाउँदै थिइन् । दिदी केसमाया हाम्रै प्रतिक्षामा थिइन् । कुराकानी सुरु भयो ।

दुर्गा झण्डै तीन बर्षअघि कमाउन मलेसिया उडेछन् । उता पुगेपछि साथीभाइको मोबाइलबाट आक्कलझुक्कल आफू सञ्चै रहेको खबर गरेका दुर्गा हाल सम्पर्कमा छैनन । यसले परिवारलाई चिन्तित तुल्याएको छ । दुर्गाकी दिदी केसमायाका अनुसार उनको भाइसँग कुराकानी नभएको दुईबर्ष वितिसक्यो । गएपछि एकपटक भाइटीकामा फोन गरेका दुर्गाले त्यसयता फोन गरेका छैनन् ।

राम्रोसँग बस्नुस् है आमा म कमाउन जान्छु भनेर हिंडेको कान्छो छोराले आफूहरुलाई नसम्झिएको देखेर आमा चन्द्रमायाको चित्त दुखेको छ । हामीसँगको कुराकानीकै क्रममा छोरो किन यसरी बेखबर भएर बसेको होला भन्ने प्रश्नमा रुँदै घरभित्र पसेकी बृद्धाले “उसले किन बाबुआमा यसरी बिर्सिएको हो, खै आमा बिर्सियो की, बाउ बिर्सियो की?” भन्दै घुँक्क घुँक्क गरिरहिन् ।

भाइले आफू मलेसियाको पेनाङमा रहेको कुनै एक तार सम्बन्धि फ्याक्ट्रीमा काम गर्ने गरेको बताएको केसमाया बताउँछिन् । “यहि गाउँबाट थुप्रै मान्छे त्यहि मलेसिया गएका छन् । उनीहरु कसैसँग पनि उसको भेटघाट, कुराकानी हुन्न रे । हामीले यहाँबाट जाने सवैलाई दुर्गाको खोजी गर है भन्छौं, अहँ कसैले पनि भेट्यौ भन्दैनन्” केसमाया भन्छिन् ।

दुर्गालाई मलेसिया पठाउँदा झण्डै दुईलाख ऋण लिएको थियो परिवारले । त्यो ऋण आमावुवाले यसबीचमा खेतीको आम्दानीले तिरे । यहिबीचमा केसमायाका विवाह भयो । त्यसका लागि लिएको दुई लाख ऋणको व्याज बढिरहेको छ । “छोराले कमाएर पठाउला र तिरौंला भनेको, तर फोन समेत नगरी बस्दा साह्रै मन पोल्छ” आमा चन्द्रमाया भन्छिन् ।

chandramaya

परदेशको ठाउँ कमाई भएन की भन्ने पनि लाग्छ आमालाई । त्यसो भएपनि घर फर्किन उनको आग्रह छ । “नेपालमै कतिले गरिखाएका छन्, उसले पनि गरिखान सकिहाल्छ नी” उनी भन्छिन् ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK