छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

ENGLISH

TECH

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

22 July, 2018 | Kabiraj Adhikari | 5675 Views | comments

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा जडान गरिएको छ । डेभिजफल क्लबको सक्रियतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म लगभग एक किलोमिटर सडकमा रु १० लाखको लागतमा उक्त क्यामरा जडान गरिएको हो ।

पोखरा महानगरपालिकाको रु तीन लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु तीन लाख ५० हजार, बरालफिडको रु ५० हजार सहयोग प्राप्त हुनुका साथै रु दुई लाख २० हजार क्लबको खर्च भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार आयोजित एक कार्यक्रममा सिसी क्यामरा सेवाको शुभारम्भ गर्दै सुरक्षा र सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले समाजमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम गर्न सिसी क्यामराले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिंगो महानगरलाई प्रविधियुक्त बनाइने जानकारी दिनुभयो ।

डेभिजफल क्लबका अध्यक्ष गोपाल बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रहरी उपरीक्षक ओमबहादुर राना, वडा नं १७ का वडाध्यक्ष तीर्थ अधिकारी र क्लबका ऋषि बराललगायतले सिसी क्यामराको उपयोगिताका बारेमा प्रकाश पार्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK