छात्रवृत्तिको लागी नेपालीे घरद्धारा निवेदन आह्वान

ENGLISH

NRN GLOBAL

छात्रवृत्तिको लागी नेपालीे घरद्धारा निवेदन आह्वान

4 July, 2016 | Sandeep Bhattarai | 1565 Views | comments

nepali-300x65नतिबाबु भट्ट, कोलोराडो अमेरिका – कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले हरेक वर्ष १२ कक्षा पास गरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्षको छात्रवृत्तिको लागी निवेदन आह्वान गरेको छ ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको हालै सम्पन्न बैठकले यसै वर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० सम्म निवेदन दिई सक्न आह्वान गरेको हो । समितीले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ । जसमा यसै वर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको नेपाली समुदायको छात्र छात्रा हुनुपर्ने, समुदायमा सामाजिक कृयाकलापमा भागलिएको प्रमाणित कागज पेस गर्नु पर्ने, फूल टाईम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिशत वा ३.० जिपीए भएको हुनु पर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखित पत्र समावेस गर्नु पर्ने जनाएको छ ।

यसको साथै समितीले निवेदकहरुलाई छात्रवृित्तको निवेदन संगै निवन्द समेत लेखि समावेस गर्नु पर्ने सर्त राखेको छ । जसमा निवन्दको शिर्षक छ “पहिलो पुस्ताका प्रवासी नेपालीहरुलाई अमेरिकामा बसोवास गर्दा सामाना गर्नु पर्ने छुनौती र अवसरहरु के के हुन् ” यस बिषयमा ८ सय शब्द भन्दा नबढाई लेख्नु पर्ने छ । नेपाली घरले निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेभसाइट “नेपाली घर डट ओआरजी ”मा राखेको छ । संस्थाको वेभसाइट गई फारम डाउनलोड गरि प्रिन्ट गरि भर्न सकिने छ । निवेदकले सम्पूर्ण कागजपत्र स्क्यान गरेर सोही फारमको मा उल्लेखित ईमेलमा वा मेल ठेगानामा पोष्ट गर्न सक्ने छन् ।

छनौट समितीले कोलोराडोमा सकृय सबै संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, समाजसेवी, व्यवसायी , पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचारप्रसार गरि संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनु हुन बैलाई अनुरोध गरेको छ ।

अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताईएको छ । यहाँ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन संस्थाले यस्ता कार्यक्रमहरु अगाडी सारेको हो ।

नेपाली घरका कल्चर सेक्रेटरी प्रमोद श्रेष्ठको संयोजनमा गठित छनौट समितीलाई छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने स्रोत जुटाउने जिम्मा समेत दिएको छ । नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रिती स्थिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आफ्नो संस्कृित संरक्षणको लागी बेला बेलामा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यो पनि हेर्नुस – नेपाली घरको सहयोगार्थ खेम गुरुङ अमेरीका आउंदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK