छड्के फिल्म निर्माता र निर्देशकले गरे लालपुर्जाको घोषण

ENGLISH

ENTERTAINMENT

छड्के फिल्म निर्माता र निर्देशकले गरे लालपुर्जाको घोषण

25 September, 2016 | Anjana Bhandari | 1180 Views | comments

laalpurja

छड्के चलचित्र निर्माता माधव वाग्ले र निर्देशक निगम श्रेष्ठबीच पुनः टिमअप भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी नयाँ प्रोजेक्ट लालपुर्जाको घोषणा गरीएको हो ।

फिल्ममा मुख्य अभिनेता सौगात मल्ल नै आएका छन् भने साथमा मेनका प्रधान, विपिन कार्की, हरिहर शर्मा लगायतको अभिनय रहनेछ भने मिरुना मगर नव अभिनेत्रीको रुपमा नेपाली रजतपटमा आउने भएकी छन् ।

कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले निर्देशक निगमसँगको लामो सल्लाह र छलफलपछि अन्ततः प्रोजेक्टलाई सुरु गर्ने गरी ’लालपुर्जा’ घोषणा गरेको बताए । चलचित्रको संपुर्ण छायाँकंन लमजुङको एक गाउँमा गरीनेछ ।

चलचित्रले पहाडिया र मेधेशी दुइ मुलका पात्रको कथा बोल्नेछ । जग्गा धनीपत्र को रुपमा परिचित लालपुर्जा शब्द रहेकोले फिल्म पनि यसैको सेरोफेरोमा घुम्ने निर्माण टिमले बताएको छ । नरेन्द्र मैनालीले खिच्ने फिल्मको कथा विक्रम सिंह र निर्देशक निगमको हो भने पटकथा सुदिप बिडारीको छ ।

यस्तै माधव वाग्लेले टेकेन खड्कासँग निर्माणमा साझेदारी गरेको फिल्म प्रिन्सेज मुभिज, नेगेटिभ वुद्ध र टेकेन खड्का प्रोडक्शनको व्यानरमा तयार हुनेछ । असोज १० बाट फ्लोरमा जाने भनिएको फिल्मलाई नयाँ बर्षको छेकोमा २०७४ को वैशाखमा रिलिज गरिने समेत घोषणा गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK