यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेशमा पनि चलचित्र छक्का पन्जा ३ को माग ठगी नसक्ने गरि बढेको छ ।
नेपाली चलचित्रको सबै भन्दा ठूलो विदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पञ्जा-३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ। अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, ‘छक्का पञ्जा-२’ र ‘लूट २’ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई ‘छक्का पञ्जा-३’ ले तोडिदिएको छ । नेपालीहरुको बाक्लो बसोबास हुँदै गरेको अमेरिकाको डालस टेक्सासमा अहिले छक्का पञ्जा-३ ले विदेशी भूमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ ।
चलचित्रले हाल सम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस् ले जनाएको छ । डालसका लागि आधिकारिक वितरक एवं गत वर्ष ग्लोबल नेपाली फिल्म अवार्डमा उत्कृष्ट डाइसपोरा वितरकको अवार्ड हात पार्न सफल कम्पनी नेप्सिनेका सीइओ रायन रेज भन्नु हुन्छ – चलचित्र ‘छक्का पन्जा -३’ को सफलताले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौशला मिलेको छ र निकट भबिष्यमा यसले नेपाली चलचित्रको विदेशी बजारमा दिर्घकालीन प्रभाव पार्ने छ।
यो रेकर्डसंगै अब भने नेपाली चलचित्रले देश भित्र मात्र नभई विदेशी भूमिमा समेत प्रभाव बढाएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा-३’ मा दिपक राज गिरी, केदार घिमिरे, दिपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्धि तामांग लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘छक्का पञ्जा-३’ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले अधिकारिक रुपमा बितरण गरेका हुन् ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...