च्याम्पियन्स लिग : युभेन्टस र सेभियाका सु:खद सुरुवात

ENGLISH

SPORTS

च्याम्पियन्स लिग : युभेन्टस र सेभियाका सु:खद सुरुवात

युभेन्टस पोर्टोसंग २-० ले पराजित

23 February, 2017 | Sandeep Bhattarai | 1025 Views | comments

युरोपियन च्याम्पियन्स लिग

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको अन्तिम १६ पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्टस बिजयी भएको छ ।

गएराति भएको खेलमा पोर्टोलाई २-० ले पराजित गर्दै च्याम्पियनस लिगमा युभेन्टसले सु:खद सुरुवात गरेको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा खेलको २७ औं मिनेटमा एलेक्स टेलेसले लगातार पहेलो कार्ड पाएपछि घरेलु टोली पहिलो हाफमै १० खेलाडीमाा सिमित भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा युभेन्टसले खेलमा पुनरागमन गर्यो ।

युभेन्ट्ले दोस्रो हाफमा दुई मिनेटको फरकमा दुई गोल गर्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । युभेन्टसको लागि खेलको ७२ र ७४ मिनेटमा क्रमश मार्को जाका र ड्यानी आल्भेसले गोल गरेपछि युभेन्टस बिजयी भयो ।

सेभियाद्वारा लेस्टर सिटि २-१ ले पराजित
त्यस्तै हिजै भएको अर्को खेलमा स्पेनिस टोली सेभियाले इंग्लिस च्याम्पियन लेस्टर सिटीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा लेस्टर सिटि सेभियासंग २-१ ले पराजित हुन पुग्यो ।

युरोपियन च्याम्पियन्स लिग

सेभियाको घरेलु मैदानमा भएको खेलमा खेलको १४ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेको सेभियाका लागि पार्लो सारावियाले खेलको २५ औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६२ औं मिनेटमा कार्लोस कोरियाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

तर खेलको ७२ औं मिनेटमा जेरेमी भर्डी अवे गोल गर्दै खेलमा फर्कने आश देखाएपनि गोल गर्न नसक्दा लेस्टर २-१ ले पराजित हुन पुग्यो ।

च्याम्पियन्स लिग फुटबल : बायर्न म्युनिखद्वारा आर्सनल ५-१ ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK