परीक्षमा सर्वोत्कृष्ट हुनेलाई पुनःपरीक्षा (भिडियो)

ENGLISH

WORLD

परीक्षमा सर्वोत्कृष्ट हुनेलाई पुनःपरीक्षा (भिडियो)

2 June, 2016 | arjun baral | 540 Views | comments

भारतको बिहार राज्यमा उच्च माध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको छ । उनीहरुले चोरी गरि उत्कृष्ट स्थान हासिल गरेको भन्दै पुनः जाँच दिनु परेको हो ।

exams_032115064757

उनीहरुले प्राप्त गरको आंक चोरेर प्राप्त गरको पत्ता लागेपछि बिहार बोर्डबाट पास भएका छात्रछात्रा माथी आशंका गरि पुन जाँच दिन लागाईएको हो ।

केही उत्कृष्ट आंक ल्याकाहरुमा सोधिएको प्रश्नमा उनीहरुले अचम्मलाग्दो उत्तर दिएका थिए । मानविकी संकायको १२ कक्षाकी सर्वोत्कृष्ट आंक ल्याएकी १७ बर्षीया छात्रलाई राजनीति विज्ञान भनेको के हो भन्ने  प्रश्न सोधिएको थियो । उनीले जवाफमा राजनीनि विज्ञान भनेको खाना पकाउन सिकाउने शास्त्र हो भन्ने उत्तर दिएकी थिइन् ।

गत साता उच्च माध्यमिक तहको परिणाम सार्वजनिक भएपछि सर्वोत्कृष्ट भएका विद्यार्थीलाई स्थानीय च्यानलले अन्तर्वार्ताका क्रममा यस्ता प्रश्न गरेका थिए।

यो घटनाबाट बिहार सरकारको शैक्षिक नीतिमाथि आलोचना सुरु भएको थियो। बिहार सरकारले बाध्य भएर १५ लाख विद्यार्थीमध्ये उत्कृष्ट १० स्थान हासिल गरेका सबै छात्रछात्राको आगामी साता पुनः परीक्षा लिने भएको हो।

बिहारका शिक्षामन्त्री अशोक चौधरीले उनीहरूको जवाफबाट आफू चकित भएको बताएका छन्। उनीहरूको परीक्षा अरू विद्यार्थीले दिएको हुनसक्ने वा उनीहरूको उत्तरपुस्तिका जाँच दिइसकेपछि साटेको हुनसक्ने बताए। ती उत्कृष्ट स्थान हासिल गर्ने आधिकांश विद्यार्थी राजधानी पटनाबाट २० किलोमिटर दूरीमा रहेको हाजीपुरस्थित विएन राय कलेजका हुन्।

विहारमा शैक्षिक माफिया निकै सक्रिय छन्। उनीहरूले भर्ना प्रक्रियादेखि परीक्षा दिन समेत संगठित रूपमा काम गरिरहेका छन्। गत वर्ष दसको परीक्षामा चिट चोरीको प्रसंग निकै चर्चामा आएको थियो।

परीक्षा केन्द्रका झ्यालमा चढेर मानिसले चिट चोराएका दृश्य अन्तर्राष्ट्रियस्तर समाचार बनेका थिए। उक्त समाचारपछि चिट चोराउनेलाई ५ वर्ष जेल सजाय र आर्थिक जरिवानाको व्यवस्था गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK