चैतमा चुनाव हुने सम्भावना टर्‍योः मन्त्री पाण्डे

ENGLISH

POLITICS

चैतमा चुनाव हुने सम्भावना टर्‍योः मन्त्री पाण्डे

17 January, 2017 | Krishna Adhikari | 1000 Views | comments

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले अब चैतमा चुनाव हुने सम्भावना टरेको भन्दै आफूले कुनै सम्भावना नदेखेको बताए ।

यसैबीच उनले दलहरुबीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी भइरहेको बताए। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पाण्डेले दलहरुको सहमतिमै सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जनाए । उनले भने, ‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भए लगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं, त्यसको लागि अहिले दलहरुसँग छलफल भैरहेको छ ।’

उनले चुनाव कहिले गर्ने भन्ने कुरा अहिले भन्नु भन्दा पनि मनसुन भन्दा अगावै स्थानीय तहको निर्वाचन हुने विश्वास दिलाए । उनले निर्वाचनसम्बन्धी ऐन/विद्येयकहरु संसदमा टेबुल भैसकेकोले अब ती विद्येयकहरुलाई फाष्ट ट्रयाकबाट पारित गराएर भए पनि चुनावको वातावरण जतिसक्दो चाँडो बनाउने कुरामा वर्तमान सरकार गम्भीर रहेको बताए।

उनले मनशुन अगाडि स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि अन्य तहको निर्वाचन गर्ने कुरा जनाए । मन्त्री पाण्डेले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक आवश्यक परे परिमार्जनसहित पारित गराएर भए पनि असन्तुष्टहरुको माग सम्बोधन गर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK