चेक रिपब्लिकमा नेपाली- नेपालीबीच छुरा प्रहार : एकजनाको मृत्यु, एक घाइते

ENGLISH

NRN GLOBAL

चेक रिपब्लिकमा नेपाली- नेपालीबीच छुरा प्रहार : एकजनाको मृत्यु, एक घाइते

बसन्त रानाभाट, बार्सिलोना

11 September, 2018 | Sandeep Bhattarai | 14810 Views | comments

पुलिस

चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जर्मनीस्थित नेपाली दूतावासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना विवरण भने खुलाएको छैन ।जर्मनी स्थित नेपाली दूतावासका राजदूत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको पूर्ण विवरण आइसकेको छैन ।’

मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । तर, प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।चेक रिपब्लिकको अनलाइन मिडिया नोभिन्की सीजेटले भने शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरुबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

उसले लेखेको छ, ‘घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ, उनी खतरा मुक्त छन् । फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको हो ।मृतकका परिवारले शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन दिएका छन् । दूतावासस्थित उपनियोग प्रमूख बिशाल भट्टराईले भने, ‘परिवारको पत्र आएको छ, यहाँबाट चेक रिपब्लिकको परराष्ट्रलाई पत्राचार गरिसकेका छौं । जतिसक्दो छिटो प्रक्रिया पुरा गर्नेछौं । पुलिस रिपोर्ट प्राप्त गरेपछि मात्र दूतावासले आधिकारिक रुपमा घटना विवरण बताउन सक्छ ।’

झगडा अघि मदिरा सेवन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकका पूर्वअध्यक्ष छत्र अधिकारी आइतबार घटनास्थलमा नै पुगे । सोहि कम्पनीमा कार्यरत अन्य नेपालीहरुसँग कुराकानी गरेपछि उनीहरुकै भनाइलाई उदृत गर्दै अधिकारीले भने, ‘झगडा गर्नु अघि मदिरा पिएका थिए, आपसमा भनाभन हुँदै गयो । त्यसपछि बोतल हुँदै छुरीसम्म प्रहार भयो । मृतकले झगडालाई शान्त पार्न कोशिस गरेका थिए तर, उनलाई नै छुरी लागेछ ।’

उनीहरु चेकरिपब्लिकस्थित सानो गाउँ जिजेलिछेमा रहेको कम्पनीमा काम गर्थे । कम्पनीले कामदारहरुका लागि एक होस्टल उपलब्ध गराएको थियो, जुन कम्पनीबाट २० मिनेटको पैदलदुरीमा छ ।घटनाका दोषीलाई ८ देखि १६ बर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्राबधान रहेको समेत नोभिन्की सीजेट अनलाइन मिडियाले जनाएको छ ।

जापानी र नेपालीबीच सहानुभूति साटासाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK