चीनमा युवती पाउनै मुश्किल,जीवनसाथी खोज्न १० लाख डलर खर्च !

ENGLISH

WORLD

चीनमा युवती पाउनै मुश्किल,जीवनसाथी खोज्न १० लाख डलर खर्च !

17 February, 2017 | Bhawana Pathak | 985 Views | comments

जीवन साथी खोज्नका लागि १० लाख डलर खर्च गरेरपनि युवती पाइँदैनन् भन्दा अचम्म लाग्न सक्छ । तर, यो कुरा सत्य हो । हाम्रै छिमेकी देश चीनमै यस्तो समस्या सृजना भएको छ । जनसंख्यामा लैंगिक असमानताको प्रत्यक्ष प्रभावकै कारण अहिले यो अवस्था आएको हो ।

china

लामो समय ‘एक सन्तान’ नीति अपनाएको चीनमा पुरुषको संख्या महिलाको भन्दा निकै बढी भएका कारण विवाहका लागि दुलही पाउन मुस्किल हुने गरेको छ ।समाचार एजेन्सीहरुका अनुसार चीनमा ३० वर्ष उमेर पार गरिसकेका अविवाहित पुरुषलाई ‘शेङ्गनान’ अर्थात् ‘बाँकी बसेका पुरुष’ भनिन्छ ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीनमा यस्ता पुरुषको संख्या निकै छ । लैंगिक असन्तुलनका कारण चीनमा कयौं पुरुषले विवाहका लागि बेहुली पाउन मुस्किल छ ।

युवतीहरु पनि यसको फाइदा उठाउँदै विवाहका लागि विभिन्न शर्तहरु राख्न थालेका छन् । चीनको यसअघिको त्यो नीतिले सन् २०२० सम्ममा चीनमा तीन करोडभन्दा बढी पुरुष अविवाहित हुने अनुमान गरिएको छ ।

चीन सरकारले सन् २०१५ मा ‘एक सन्तान’ नीतिलाई खारेज गरेको भए पनि लामो समय सो नीति अपनाएको चीनमा त्यसको प्रभाव आगामी कयौं वर्षसम्म पर्ने देखिन्छ ।

अमेरिकी राजनीतिक अर्थशास्त्री निकोलस एबरस्टाडले आफ्नो पुस्तक ‘दि डेमोग्राफिक फ्युचर’ मा उल्लेख गरेअनुसार सन् २०३० सम्ममा ३० वर्ष उमेर पार गरेका एक चौथाई चिनियाँ युवा अविवाहित रहनेछन् ।

सन् २०१५ मा ४० वर्ष उमेर कटेका एक चिनियाँ व्यवसायीले विवाहका लागि जोडा मिलाउने सांघाइस्थित एउटा एजेन्सीविरुद्ध मुद्दा नै हालेका थिए । तर, उनले त्यहाँ १० लाख डलर दिए पनि विवाहयोग्य युवती पाउन सकेनन् ।

त्यसैगरी दक्षिणी चीनको ग्वाङ्गजाउमा एक कम्प्यूटर प्रोगामरले आफ्नी प्रेमिकालाई ९९ वटा आइफोन दिएर विवाहको प्रस्ताव गरेका थिए । तर उनकी प्रेमिकाले विवाहका लागि अस्वीकार गरिन् । जुन विषय सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो ।

युवतीहरुलाई आफूतर्फ आकर्षित गर्न केटाहरु नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । प्रविधिको विकाससँगै अहिले ‘अनलाइन डेटिङ’ पनि खुब प्रचलनमा आएको छ । युवतीलाई आकर्षित गर्न युवाहरु ‘स्टाइलिस्ट’ बन्ने होडमा देखिन्छन् ।

अर्कोतर्फ विवाहका लागि आमा–बुवाको दबाब झेल्न नसक्दा कयौंले नक्कली गर्लफ्रेन्ड राख्ने गरेका छन् । यसका लागि पनि निकै खर्च हुने गरेको बताइन्छ ।चीनमा नक्कली गर्लफ्रेन्डका लागि एउटा एप नै प्रयोगमा ल्याइएको छ । ‘हायर मी प्लीज’ नामको सो एपमा निश्चित अवधिका लागि गर्लफ्रेन्ड फेला पार्न सकिन्छ । समाचार एजेन्सीहरुका अनुसार यसका लागि दिनको १० हजार युआनसम्म पनि खर्च हुने गर्दछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK