चीनमा नेपाली विद्यार्थीहरु उत्कृष्ट अवार्डबाट सम्मानित

ENGLISH

NRN GLOBAL

चीनमा नेपाली विद्यार्थीहरु उत्कृष्ट अवार्डबाट सम्मानित

चेतनाथ आचार्य, बेइजिङ

1 July, 2017 | Bipin Acharya | 805 Views | comments

चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीहरु उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् ।

युकासको बेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पिएचडी गरेका बसन्त पौडेलले तीनवटा अवार्ड हात पारेका छन् । उनले युकासका चिनियाँ तथा विदेशी सबै विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गरी एक्सलेन्ट ग्राजुएट अवार्ड प्राप्त गरेका हुन् । सन् २०१७ मा यो अवार्ड प्राप्त गर्ने उनी एक मात्र विदेशी विद्यार्थी हुन् । त्यसैगरी उनले डाइरेक्टर स्कलरसिप अवार्ड र एक्सलेन्ट प्रेजेन्टेसन अवार्ड पनि जितेका छन् । पौडेलले नेपालको कृषि जमिनमा जलवायु परिवर्तनका असरमा पिएचडी गरेका हुन् । पौडेल सन् २०११ मा त्रिविबाट भूगोलमा गोल्डमेडलिस्ट पनि हुन् ।

पौडेलसँगै एउटै समूहमा पिएचडी सकेका अन्य चार नेपाली विद्यार्थी पनि उत्कृष्टमा परेका छन् । युकासकै चीनको सिचुवान प्रान्तको छन्दू इन्स्टिच्युट अफ बायोलोजीबाट जीवविज्ञानमा पीएचडी सकेका जनकराज खतिवडा यो शैक्षिक सत्रमा चीनमा पढ्ने विदेशी विद्यार्थीमध्ये उत्कृष्ट पाँचमा परेका छन् । उनले पिएचडीको अनुसन्धानका क्रममा भ्यागुताका दुईवटा नयाँ प्रजातिहरु पत्ता लगाएका छन् ।

झापाको जामुनखाडीमा उनले पत्ता लगाएको सानो भ्यागुताको वैज्ञानिक नाम माइक्रोहाइला तराइन्सिस हो । धानबारीमा पाइने यो भ्यागुता मान्छेको बुढीऔँलाको नङको आकार बराबर हुने खतिवडाले बताए । त्यसैगरी उनले इलामको माइपोखरीमा छेपारोजस्तै देखिन अर्को नयाँ प्रजातिको भ्यागुतो पनि पत्ता लगाएका छन् । ठकठके स्थानीय नाम रहेको यो नयाँ प्रजातिको भ्यागुताको वैज्ञानिक नाम ट्य्लोटोट्रिटोन हिमालयनुस रहेको छ । नेपालमा ५२ प्रजातिका भ्यागुता रहेकोमा खतिवडाले नयाँ दुई प्रजातिको पत्ता लगाएपछि ५४ प्रजातिका भ्यागुता नेपालमा रहेको प्रमाणित भएको छ ।

खतिवडाले विशेषगरी भ्यागुताको डिएनए, भाले भ्यागुताले कराउँदा निकाल्ने आवाज र शारीरिक बनोटको अनुसन्धान गरेर नयाँ प्रजाति पत्ता लगाएको बताए । उत्कृष्ट खोज अनुसन्धान गरेको भन्दै सन् २०१७ का लागि उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा उनलाई युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस युकासले पुरस्कृत गरेको हो ।

युकासकै बेइजिङको ह्वाइरोस्थित कलेज अफ अर्थ साइन्सबाट भूगर्व विज्ञानमा पिएचडी गरेका भूपति न्यौपाने पनि उत्कृष्ट दस विदेशी विद्यार्थीमा परेका छन् । त्यसैगरी युकासको चीनको युन्नान प्रान्तको खुन्मिङ इन्स्टिच्युट अफ जुलोजीबाट पिएचडी गरेका नारायणप्रसाद कोजु पनि उत्कृष्ट दस विदेशी विद्यार्थीमा परेका छन् । युकासअन्तर्गत रिसर्च सेन्टर फर इको इन्भारोमेन्ट साइन्सबाट वातावरण विज्ञानमा पिएचडी गरेकी टिष्टा प्रसाईं पनि २० जना उत्कृष्ट विदेशी विद्यार्थीमा परेकी छन् । युकासले यो वर्ष पिएचडी गरेका सयौँ विद्यार्थीबाट जम्मा दसजना छनोट गरेकोमा जनकराज खतिवडा, भूपति न्यौपाने र नारायणप्रसाद कोजु तीनजना नेपाली परेका छन् ।

अहिले पिएचडी गरेका विद्यार्थीहरु सन् २०१३ मा भर्ना भएका हुन् । त्यतिबेला उकासमा १२९ जना विदेशी विद्यार्थीहरु भर्ना हुँदा नेपाली विद्यार्थीको संख्या १० जना थियो भने पाकिस्तानी विद्यार्थीको संख्या ५९ थियो । भर्ना हुँदा ६ प्रतिशत नेपाली विद्यार्थी थिए भने अहिले उत्कृष्ट १० विदेशी विद्यार्थीमा तीनजना नेपाली परेका छन् । यो दर ३३ प्रतिशतभन्दा बढी हो ।

चीनमा छात्रवृत्तिमा पाएर अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुमा नेपाली विद्यार्थीको स्थान नवौँ रहेको छ । सन् २०१५ मा चीनमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या तीन लाख ९७ हजार ६ सय ३५ रहेकोमध्ये छात्रवृत्तिमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ४० हजार ६ सय रहेको छ ।

चीनमा सबैभन्दा धेरै छात्रवृत्ति पाउनेमा पाकिस्तान पहिलो स्थानमा छ भने दोस्रो स्थानमा मंगोलिया र तेस्रो स्थानमा भियतनाम रहेका छन् । त्यसैगरी चौथोदेखि दसौँसम्म क्रमश: रुस, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका, लावोस, नेपाल र कजाकस्तान रहेका छन् ।

नेपाली विद्यार्थीको उत्कृष्ट नतिजाले चीनमा समग्र नेपालीको इज्जत बढाएको छ । नेपाली विद्यार्थीको खोज अनुसन्धानमा मिहिनेत र सफल नतिजाले चिनियाँ विश्वविद्यालय र प्राध्यापकहरुलाई प्रभाव पारेकाले आगामी समयमा चीनमा छात्रवृत्तिमा अध्ययन गर्न नेपाली विद्यार्थीलाई अझै सजिलो बनाएको बसन्त पौडेलले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK