चीनमा दंगलले ५ दिनमा कमायो सय करोड

ENGLISH

ENTERTAINMENT

चीनमा दंगलले ५ दिनमा कमायो सय करोड

12 May, 2017 | Bhawana Pathak | 705 Views | comments

भारतमा किर्तिमानी व्यापार गरेको आमिर खानको बलिउड फिल्म दंगलले चीनमा पनि धुम मच्चाइरहेको छ । सो फिल्मले प्रदर्शनको पाँच दिनमै एक सय करोड भारु कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सोसल मिडियामा पनि दंगलको खुब चर्चा छ । #LetsWrestleDad (फिल्मको चाइनिज नाम) ह्यासट्याग राखेर चिनियाहरु विभिन्न प्रतिक्रिया लेखिरहेका छन् ।

अहिलेसम्म यस ह्यासट्यागमा बीबोमा एक लाख १० हजार सन्देश आएसकेको बताइएको छ ।चिनियाँ निर्देशक फेंग शियागाङले पनि यो फिल्म हेरेर बीबोमा प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘मेरा साथीले मलाई भनेका थिए कि यो भारतीय फिल्म हेर्नलायक छ । म आफ्ना २० जना साथीहरु लिएर फिल्म हेर्न गएँ । जब फिल्म अन्त्य भयो मेरा ७-८ जना साथीहरु शौचालयतर्फ दोडिए । उनीहरु सबै पिशाबसमेत रोकेर बसेका रहेछन् ।’

चिंगहुवा यूनिभर्सिटीका प्रोफेसर यिन हांङ फिल्म समिक्षक पनि हुन् । उनले बेइजिङ इभनिङ न्यूजसँगको कुराकानीमा भने, ‘दंगलजस्तो फिल्मका अगाडि चिनिया फिल्म फितला सावित हुन्छन् । यसले चिनिया फिल्मलाई पाठ सिकाएको छ । चीनमा कति च्याम्पियन छन्, तर एक जनाको बारेमा पनि गतिलो फिल्म बनेको छैन ।’

गत अपि्रलमा आमिर खान र निर्देशक नितेश तिवारी दंगलको पि्रमियरका लागि बेइजिङ गएका थिए । दंगललाई बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिबलमा देखाइएको थियो । आमिर औंलामा गन्न सकिने भारतीय अभिनेता हुन् जसका फ्यान चीनमा पनि छन् । केही वर्षअघि आएको उनको फिल्म थ्री इडियट्स चीनमा निकै मन पराइएको थियो । ज्याकी चेनले पनि फिल्मको तारिफ गरेका थिए ।सलमान खानको आगामी फिल्म ट्यूबलाइटमा चिनीया अभिनेत्रीले अभिनय गरेकी छिन् र यसको सुटिङ भारतमा भइरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK