चीनमा एक वर्षमा १ करोड ८४ लाख बच्चा जन्मिए

ENGLISH

WORLD

चीनमा एक वर्षमा १ करोड ८४ लाख बच्चा जन्मिए

24 January, 2017 | Krishna Adhikari | 865 Views | comments

एक बच्चा नीति हटाएपछि गत वर्ष चीनमा १ करोड ८४ लाख ६० हजार बच्चा जन्मिएका छन् । यो संख्या सन् २०१५ मा जन्मेका बच्चाभन्दा ११.५ प्रतिशत बढी हो ।

करिब ४५ प्रतिशत बच्चा दोस्रो सन्तानको रुपमा जन्मेको अधिकारीहरुले बताएका छन् । चीन सरकारले सन् २०१६ जनवरी १ देखि एक बच्चा नीति हटाएको थियो । जन्मदर अघिल्लो वर्षको तुलनामा बढेपनि यो सरकारी अनुमानभन्दा कम भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ परिवार योजना संस्थाले दुई बच्चा जन्माउन पाउने नीति आएपछि सन् २०१६ मा २ करोड बच्चाको जन्म हुने अनुमान गरेका थिए । अध्ययनहरुले करिब ७५ प्रतिशत अभिभावकले आर्थिक कारणले दोस्रो बच्चा जन्माउन नचाहेको बताएका छन् ।

जनसंख्या तीव्र वृद्धि भएको भन्दै चीनले सन् १९७९ मा एक बच्चा मात्र पाउनु पर्ने नीति ल्याएको थियो । तर वृद्धवृद्धाको संख्या धेरै अनि काम गर्ने जनशक्ति पर्याप्त नभएपछि सन् २०१३ मा चीनले एक मात्र सन्तान भएका अभिभावकले अर्को बच्चा पाउन सक्ने नीति ल्याएको थियो । सन् २०१६ बाट चीनले विश्वव्यापी रुपमा रहेको दुई बच्चाको नीति लागु गरेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK