चीनको लगानीमा नेपालका पर्यटकीयस्थल निर्माण गरिने

ENGLISH

TRAVEL

चीनको लगानीमा नेपालका पर्यटकीयस्थल निर्माण गरिने

11 February, 2018 | Kabi Adhikari | 3240 Views | comments

भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रबर्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ ।nepal-china-flag

पर्यटन प्रबर्धनको क्षेत्रमा चीनले गर्न लागेको लगानी नेपालका सबै स्थानीय तहमध्ये यहाँ सबैभन्दा बढी रहेको रामग्राम नगरपालिकाले जनाएको छ । भगवान् गौतमबुद्धको सातवटा स्थानमा अष्टधातु रहेकामध्ये रामग्राम स्तूप मात्र सिंगो अष्टधातु रहेको स्थल मानिन्छ ।

चीनले ठूलो आर्थिक लगानी गरेर निर्माणको काम अघि बढाएपछि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । रामग्राम स्तूप आसपासमा चिनियाँ सरकारबाट आर्थिक लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भइसकेको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

“सम्पूर्ण लगानी चीन सरकारले गर्नेछ, भौतिक संरचना निमार्णका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तूप आसपासका क्षेत्रमा जग्गा उपलब्ध गराउने छ । नगरपालिकाले पर्यटन गुरुयोजना तयार गर्ने काम शुरु गरिसकेको छ,” उहाँले भन्नुभयो । चीनको सरकारी स्वामित्वमा रहेको चीन–नेपाल सांस्कृतिक केन्द्र र रामग्राम नगपालिकाबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षरसँगै काम शुरु गरिएको गुप्ताले बताउनुभयो ।

चीनको बेइजिङस्थित बाउची शहरको समन्वयमा तथा रामग्राम नगरपालिकाको सहकार्यमा रामग्राम स्तूपको सेरोफेरोमा पर्यटकीयस्थल निर्माणका लागि सहमति भएको हो । रामग्राम स्तूपको मुख्यबाहेक अन्य क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण अघि बढाइएको नगरपालिकाकी उपप्रमुख रम्भा कँुवरले बताउनुभयो । सो क्षेत्रमा पर्यटकीय संरचना तयार भएपछि आगामी सम्झौताअनुसार सो पर्यटकीय क्षेत्रको आम्दानीलाई रामग्राम नगरपालिका र चीन– नेपाल सांस्कृतिक केन्द्रको संस्थागत पर्यटकीय क्षेत्रको विकासमा लगानी गरिनेछ ।

स्तूपको मुख्यवाहेक अन्य आसपासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न पार्क, भ्यू टावर, वाटर फाउण्डेसन तथा मल्टिप्रयोगका संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाका इञ्जिनियर शतिसकुमार गुप्ताले जानकारी दिनुभयो । भ्रमणका क्रममा एक साताअघि चीन पुगेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता नेतृत्वको टोलीसँग बाउची शहरका प्रमुख मिस्टर माँ र अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ कोनले पर्यटकीयस्थल निर्माणका विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

“चिनियाँ सरकारले नेपालमा पर्यटकीय क्षेत्रमा यस्तो ठूलो लगानी गर्नु सकारात्मक कुरा हो,” यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताउनुभयो । चीन सरकारले नेपालको पर्यटन प्रवद्र्धनमा आगामी दिनमा थप लगानी गर्ने उहाँले विश्वास व्यक्तगर्नुभयो ।

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

राम्चेमा आलु खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती ।...

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...

आइपिएल : वाट्सनको शतकमा चेन्नई विजयी,राजस्थान ६४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...

टी-२० विश्वकपमा छनोट हुन नेपाल तीन चरण पार गर्नुपर्छ

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२० मा अस्ट्रेलियामा...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK