अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
केही विदेशी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्तामा उहाँले भन्नुभएको छ— यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्ने सक्नेछौँ ।
अमेरिका र उत्तर कोरियाबीच आगामी मङ्गलबार शिखर वार्ताको आयोजना गरिएको छ । त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन् ।
सो वार्ताको बारेमा अमेरिकी विदेशमन्त्रीले दिनुभएको यो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा लिइएको ती अन्तरवार्तामा पनि विभिन्न छ ।
उहाँको भनाई थियो चीनले अहिलेसम्म खेलेको भूमिका भने सकारात्मक नै छ । यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति किम जोङ उनसँग भेटवार्ता गरिसक्नुभएको छ त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ ।
चीनले सकारात्मक र रचनात्मक रुपमा यस वार्तालाई लिने हो भने कोरियाली प्रायद्धीपमा शान्तिको स्थापना र दुई कोरियालीबीचको युद्धको अन्त्य धेरै टाढा छैन— सो अन्तरवार्तामा उहाँले बताउनुभएको छ ।
विदेशमन्त्री पेम्पेओ आगामी जुन १४ मा चीन जानुहुने भएको छ । सो अन्तरवार्तामा उहाँले आफू आगामी हप्ता चीन भ्रमणमा जान लागेको कुरा पनि सार्वजनिक गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ— चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र र उत्तर कोरियाको छिमेकी पनि हो यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे उसले निर्वाह गर्ने भूमिका बडो महत्वपूर्ण हुनेछ ।
यसै अन्तरवार्तामा उहाँले सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिनुभएको छ । उहाँले कोरियाली प्रायद्धीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताउनुभएको छ
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...