चीट चोर्न नपाएको झोंकमा प्रहरीको दाँत झारिदिए

ENGLISH

चीट चोर्न नपाएको झोंकमा प्रहरीको दाँत झारिदिए

31 March, 2016 | arjun baral | 525 Views | comments

एसएलसी परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु हुनु भन्दा अघि परीक्षाथीलाई जाँच गर्ने क्रममा स्थानीयको ढुंगा प्रहारबाट एक प्रहरी घाइते हुन पुगेका छन् । जाजरकोटको जनता उच्च माध्यमिक विद्यालय पैंक परीक्षा केन्द्रमा स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी जवान अमर नेपालीको दाँत झरेको प्रहरीले जनाएको छ ।

slc

परीक्षा केन्द्रमा प्रवेश गर्ने क्रममा विद्यार्थीलाई चेकजाँच गरी किताब तथा चिट निकालि दिएको भन्दै केही स्थानीयले लुकेर ढुंगा प्रहार गर्दा प्रहरी जवान नेपालीको दाँत झरेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले बताए ।

अहिले घाइते भएका प्रहरी जवानलाई नेपालीको स्वास्थ्य चौकी पैंकमा प्राथमिक उपचार गरी जिल्ला अस्पतालमा लगिएको छ।प्रहरीमाथि ढुगा प्रहार गर्नेको खोजी भई रहेको छ । विगतमा पनि एसएलसी परीक्षाका बेला धेरै अमर्यादित काम भएको भन्दै भन्दै यस पटकको परीक्षालाई मर्यादित बनाउन कडाइका साथ चेक जाँच गरे पछि यस्तो घटना भएको हो।

सो घटनाबाहेक बिहीबारको परीक्षा जाजरकोटमा शान्तिपूर्ण वातावरणमा भएको परीक्षा समन्वय समितिले जनाएको छ। परीक्षाको प्रश्नपत्र आउट गर्ने कोसिस गरेको भन्दै पन्चाला मावि परीक्षा केन्दमा कार्यालय सहयोगी पदमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK