चितवन समाज स्पेनको अध्यक्षमा पुन प्रकाश तिमिल्सिना

ENGLISH

NRN GLOBAL

चितवन समाज स्पेनको अध्यक्षमा पुन प्रकाश तिमिल्सिना

बार्सिलोना

24 May, 2017 | Bipin Acharya | 725 Views | comments

चितवन समाज स्पेनको अध्यक्षमा प्रकाश तिमिल्सिना पुन:निर्बिरोध निर्बाचित भएका छन्। तेस्रो अधिबेशनबाट अध्यक्षको जिम्मेबारी पाएका तिमिल्सिनाले चौथो अधिबेशनबाट पनि सर्बसम्मत जिम्मेबारी पाएका हुन्। सोमबार बार्सिलोनामा सम्पन्न चौथो अधिबेशनबाट नयाँ कार्यसमितिको घोषणा समेत गरिएको छ।

समाजको उपाध्यक्षमा अर्जुन आचार्य, सचिव भोजराज सापकोटा, सहसचिव जियालाल खरेल र कोषाध्यक्षमा रामु गैरे सर्बसम्मत चयन भएका छन्। घोषणा सभामा कार्यसमिति सदस्यहरुको नामावली समेत प्रस्तुत गरिएको थियो।

सन् २००९ मा स्पेनमा स्थापना भएको समाजले चितवन जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने मुख्य उदेश्य राख्दै आएको छ । स्पेनको पुरानो सामाजिक संस्थाको रुपमा समेत चितवन समाज स्पेन परिचित रहेको छ।

समाजको चौथो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मुक्त बहादुर गुरुङले सम्बोधन गरेका थिए।स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु दीपक खरेल,चिन्तामणी सापकोटा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

समाजका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अर्जुन आचार्यले गरेका थिए। हरेक बर्ष झैँ आयोजना गरिएको बारबिक्यू कार्यक्रममा यसपटक पनि स्पेन स्थित नेपाली समुदायको उपस्थिति रहेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK