चितवन राष्ट्रिय निकुञ्जमा अपरेसन कक्ष स्थापना

ENGLISH

चितवन राष्ट्रिय निकुञ्जमा अपरेसन कक्ष स्थापना

5 June, 2016 | arjun baral | 520 Views | comments

park

चितवन राष्ट्रिय निकुञ्जको संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन पहिलो पटक यहाँ संयुक्त संरक्षण अपरेसन कक्ष स्थापना गरिएको छ । नेपाली सेना र चितवन निकुञ्जले यसअघि आ–आफ्नै तरिकाले संरक्षण कार्य र चोरी–सिकार नियन्त्रणका गतिविधि सञ्चालन गरिरहेका थिए । तर अब भने संयुक्त रुपमा अघि बढ्ने गरी अपरेसन कक्ष स्थापना गरिएको हो ।

विश्व वातावरण दिवसका अवसरमा उक्त कक्ष स्थापना गरिएको हो । आइतबार उक्त कक्षको प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले उद्घाटन गरे। उद्घाटनपछि उनले अपरेसन कक्षले संरक्षणमा थप उचाइ मिल्ने विश्वास गरे। यसअघि नेपाली सेनाले यहाँ नेपालमै पहिलो पटक प्रकृति संरक्षण शिक्षालय स्थापना गरिसकेको छ ।

निकुञ्जको मुख्य कार्यालय नजिकै स्थापना गरिएको अपरेसन कक्षमा निकुञ्जका कर्मचारी र नेपाली सेनाका गरी पाँच जना चौबिसै घन्टा रहने निकुञ्जले जनाएको छ । उनीहरु उक्त संयुक्त कक्षमार्फत संरक्षण क्रियाकलापमा नियमित खटिने छन् ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सेना र निकुञ्जको संयुक्त गस्तीलाई प्रभावकारी बनाउन अपरेसन कक्ष स्थापना गरिएको बताउँदै विगत २ वर्षअघि देखि निकुञ्जमा गैँडाको चोरी–सिकार शून्य भएकाले यो उपलब्धि जोगाइराख्न पनि कक्ष प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यही कक्षमार्फत रियल टाइम गस्ती परिचालन हुने जनाइएको छ । यसअघि निकुञ्जको सेनाले चलाइरहेको अपरेसन महाहन्टलाई पनि निरन्तरता दिएको निकञ्जको श्रीजङ गणले जनाएको छ ।

चितवन निकुञ्जमा २०७१ साल वैशाख २० गतेदेखि अहिलेसम्म २ वर्षभन्दा बढी समयमा वन्यजन्तुको चोरी–सिकार नभएको भन्दै निकुञ्जले संरक्षणमा खटिने सबैप्रति आभार प्रकट गरेको छ।

सोही उपलब्धिलाई जगेर्ना गर्न विश्व वातावरण दिवसको सन्दर्भमा आज निकुञ्जमा शून्य चोरी–सिकार वर्षसमेत मनाइएको छ । संरक्षणमा यसैगरी अघि बढ्नसमेत सबैमा निकुञ्जले आग्रह गरेको छ । पछिल्लो समयमा चितवन निकुञ्जले प्रविधिको भरपूर उपयोग गरी संरक्षण कार्य अघि बढाउँदै आएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

यसैबीच, विश्व वातावरण दिवसको अवसरमा आज जिल्लामा विभिन्न कार्यक्रम भएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालयले सयौँ प्रहरी परिचालन गरेर चितवनका विभिन्न १३ स्थानमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

चितवनको पटिहानीमा स्थानीयवासीको सहभागितामा संरक्षणसम्बन्धी चेतनामूलक र्याली तथा वातावरण मैत्री झोला वितरण गरिएको छ । रासस

पर्यटकीय क्षेत्र रामपुर ओझेलमा !

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK