चितवन युवा समूह कतारको १४औ राष्ट्रिय अधिवेशन सम्पन्न : अध्यक्षमा पौडेल निर्वाचित

ENGLISH

NRN GLOBAL

चितवन युवा समूह कतारको १४औ राष्ट्रिय अधिवेशन सम्पन्न : अध्यक्षमा पौडेल निर्वाचित

घनश्याम पराजुली , दोहा

13 August, 2017 | Sandeep Bhattarai | 2680 Views | comments

चितवन युवा समूह कतार

कतारमा स्थापित पुरानो समाजिक संस्था चितवन युवा समूहको १४औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार दोहाको शालिमार होटलमा सम्पन्न १४औं राष्ट्रिय अधिवेशनले बालकृष्ण पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट प्रथम उपाध्ययमा लालबहादुर भट्ट, द्वितीय उपाध्यक्षमा श्याम भुषाल ,महासचिवमा प्रकाश अर्याल, सचिवमा सुरज अर्याल , कोषाध्यक्षमा गोकुल तिमिल्सिना र सह–कोषाध्यक्षमा बिर बहादुर गुरुङ सर्वसम्मत चयन भएका हुन्। अधिवेशनले युवा संयोजकमा नवराज श्रेष्ठलाई चयन गरेको हो । त्यस्तै कार्यसमिती सदस्यहरुमा मधुलाल श्रेष्ठ ,अनिश नकर्मी ,श्यामभक्त ढकाल ,रामबहादुर श्रेष्ठ , पुष्पराज पाठक ,बिजय चौधरी ,सतिश भट्ट ,बालकृष्ण थापा ,युवराजशर्मा ,घनश्याम पराजुली र शान्ता थपलिया चयन भएका छन ।

“अनेकतामा एकता ,चियुसको विशेषता” भन्ने मुलनाराका साथ सन् २००१मा कतारमा स्थापना भएको चितवन युवा समूह कतारले प्रवास साथै मातृभुमीमा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ । संस्थाका अध्यक्ष भुमिराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव सुरेश परियारले सन्चालन गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष तथा गैर आवासिय नेपाली संघका पूर्व उपाध्यक्ष सागर नेपालले नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य बनेको कतारलाई दोश्रो घर सम्झीनु पर्ने बताए । नेपालीहरुले खाडी मुलुकको क्रमभुमीमा लगनशिलताको उदाहरण दिएको बताउदै उनले भने ‘ प्रवासमा हाम्रीहरु अनुशासनमा रही आफ्नो स्वास्थ्यको ख्याल गर्दै नेपालको पहिचान बनाउने काम गर्नुपर्छ ।’चितवन युवा समूहले बिगतमा गरेको धेरै सामाजिक कार्यहरुको सम्झना गर्दै प्रमुख अतिथी नेपालले संस्थालाई अझ प्रभावकारी ढंगले जिल्ला स्तरीय सबै संस्थाहरु , एनआरएनए कतार र राजदूतावाससंग सम्वन्य गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रमको ब्यानर अनावरण , दिप प्रजवलन, राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममाकतारमै कार्यरत डा. डिना बांग्देलको चिर शान्तिको लागिमौनधारण गरियो । कार्यक्रममा विशेष अतिथिहरु चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिती प्रबास संयोजक समीर खत्री , संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार रामहरी गैह्रे , समाजसेवि तथा बुद्धिजीवी देवकाजि डङ्गोल, एनआरएनए आइसिसी सदस्य राजेन्द्र कुमार शर्मा , एनआरएनए आइसिसि सल्लाहकार टि.बि कार्की, एनआरएनए आइसिसि सल्लाहकार नरेन्द्र भाट,आइसिसी सदस्य हंसराज ढकाल ,एनआरएनए कतारका कोषाध्यक्ष भेषराज पराजुली लगायत विभिन्न सामाजिक तथा बैचारिक संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनमा खुल्ला सत्रको समापन गर्दै सभापती भुमिराज कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकाथिए । उनले संस्था भोलीका दिनमा अझै सकृय हुनुपर्ने भन्दै निर्वाचित हुने नयाँ कार्यसमितीलाई शुभकामना दिएका थिए। खुल्ला सत्रको समापनसँगै संस्थाका पूर्व अध्यक्ष तथा निर्वाचन कमिटीका सदस्य रामहरी गैरेले बन्द सत्रको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोकुल प्रसाद तिमिल्सिनाले आर्थिक प्रतिवेदन साथै महासचिव सुरेष परियारले कार्य प्रगती प्रतिबेदन प्रस्तुत गरे ।कार्यक्रममा विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालको पर्यटन प्रवद्धन
चितवन युवा समुह कतारको १४औ राष्ट्रिय अधिवेशनमा उपस्थित विभिन्न देश तथा समुदायका प्रतिनिधीहरु माझ नेपालको पर्यटन प्रवद्धनका लागि कार्यक्रम गरियो । पोष्टरहरु मार्फत नेपालको पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिएको थियो ।

चितवन युवा समुह कतारले पहिलो पटक संस्थाका कार्यक्रम मार्फत पर्यटन प्रवद्धनका गर्न सकिने उदाहरण पस्केको छ । उक्त कार्यक्रममा भारत , बंगालादेश , पाकिस्तान , फिलिपिन्स लगायतका समुदायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले नेपालको पर्यटन, कतारमा कार्यरत नेपालीहरुको मानवअधिकार र स्वास्थ्य क्षेत्रमा लगायतका सामाजिक कार्यको लागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।

रङ्गशाला बनाउन विदेशमा बस्ने चितवनेद्वारा आर्थिक सङ्कलन अभियान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK