चितवन धमाका कतारमा सम्पन्न

ENGLISH

NRN GLOBAL

चितवन धमाका कतारमा सम्पन्न

12 July, 2016 | Sandeep Bhattarai | 2065 Views | comments

घनश्याम पराजुली दोहा कतार – इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्रको अवसर पारेर शुक्रबार कतारमा चितवन धमाका सम्पन्न भएको छ । चितवन युवा समुह कतारको आयोजना गरेको चितवन धमाका साँझमा आधा दर्जन नेपाली कलाकारहरुले प्रस्तुति दिएका थिए ।

Qatar

इदको छुट्टीलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्रवासी नेपालीहरुले मनोरन्जन लिए । विदेश बस्ने नेपालीहरुलाई मध्यनजर गर्दै लोकगायक नेत्रजीत पन्तले ‘अहिलेको दशैमा घर जाने हो यसपाली’ बोलको गीत गाएर नेपालको झल्को मेटाए ।

q1

कार्यक्रममा लोकदोहोरी गायिका भुमिका गिरीले कतारको स्टेज तताइन । उनको चलेको गीत ‘तिउन मिठो बनायो चुकैले , त्यो दिल भित्र अर्कैलाई राखेर मलाई ठिक्क बनायो मुखैले’ बोलको गीतमा युवाहरु झुमेर नाँचे ।

कार्यक्रमका आर्कषक कलाकार ज्योती काफ्लेले कतारमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतको क्यारिकेचर गरेर सहभागीलाई मनोरञ्जन लिए । उनी प्रधानमन्त्रीको भेषमा स्टेजमा प्रबेश गरेका थिए ।त्यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तीका संयोजक डा.भट्टराईको दुरुस्तै नक्कल गरेर कार्यक्रममा उपस्थित दर्शकहरुको मन जिते । नयाँशक्तीको सदस्यता र नायिका करिष्मालाई नयाँशक्तीमा जोडेर उनले व्यङ्गे हाने ।

q2

कार्यक्रममा पप गायक संजिव सिंह रानाले ‘जहाँजमा फिलीली’, ‘खाईदेउ कसम’ , ‘खोजी आउ पहिले सरकारी जागीर’, ‘आशैको गुलेलीले’ र ‘म त मर्छु की क्या हो काली’ बोलको गीत मार्फत दर्शकहरुलाई मनोरन्जन दिए । कार्यक्रममा लोकगायिका सरिता गुरुङ्ग श्रेष्ठले लोकदोहोरी गीत मार्फत आफ्नो प्रस्तुती राखिन ।कार्यक्रममा द रेन्ज व्याण्डले आफ्नो प्रस्तुती राखेको थियो । गायक दामोदर न्यौपाने , नरेन खड्का र नवराज श्रेष्ठको पप र रक प्रस्तुतीमा युवाहरु झुमे । गायक बालबिक्रम थापाले ‘छोडी जाने निष्ठुरी माया’ र ‘चोर बिरालो पल्क्यो’ बोलको गीत गाए ।

q3

चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्कीले सभापतित्व गरेको कार्यक्रलाई महासचिव सुरेश परियार र संचारकर्मी बिजय अधिकारीले सन्चालन गरेका थिए ।कार्यक्रममा संगीतप्रेमी दर्शकहरुसँगै विभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष कार्कीले सबैप्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

यो पनि हेर्नुस – आईबोस ग्लोबल इद सांस्कृतिक कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK