चितवनद्वारा विराटनगर पाँच रनले पराजित

ENGLISH

SPORTS

चितवनद्वारा विराटनगर पाँच रनले पराजित

इपिएलमा चितवनको पहिलो जित

14 December, 2018 | Sandeep Bhattarai | 2205 Views | comments

विराटनगर

राजधनीमा जारी एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । आज(बिहिबार) भएको पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्यो ।

किर्तिपुर स्थित त्रि वि किकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धरोत २० ओभरमा ४ विकेट गुमाउदै १९६ रन बनायो । निकै राम्रो सुरुवात गरेको चितवनले पहिलो विकेटको लागि ४४ रनको साझेदारी गर्यो । उसका लागि जोन सिम्सनले ४४ बलमा ६ छौका र ५ छक्का प्रहार गर्दै ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३२ रन जोडे । त्यस्तै सन्दीप सुनार ३० रन बनाई आउट भए भने जर्ज स्कट २४ रनमा अविजित रहे । विराटनगरको लागि पारस खड्का, करण केसी, बसन्त रेग्मी र पल भान मीकेरेनले समान १-१ विकेट लिए ।

१९७ रनको लक्ष्य लिएर मैदान उत्रेको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १९१ रन मात्र बनाउन सक्यो । उसका लागि बाबर हायातले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । हायातले ४२ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै ९० रन बनाए भने आसिफ शेखले ३० रन जोडे । त्यस्तै करण केसी २४ रनमा अविजित रहदा पारस खड्काले १९ रन बनाए ।

चितवनको लागि ललित भण्डारीले ४ विकेट लिए भने सागर ढकालको भागमा ३ विकेट रह्यो।खेलको म्यान अफ द म्याच ललित भण्डारी भए । जितसंगै चितवनको प्ले अफमा पुग्ने सम्भावना कायमै छ भने हारका बाबजुद पनि विराटनगरको शीर्ष ४ मा रहने सम्भावना बलियो छ ।

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK