चार नेपाली फिल्म पर्दामा

ENGLISH

ENTERTAINMENT

चार नेपाली फिल्म पर्दामा

10 November, 2017 | Kunjar Bhattarai | 2405 Views | comments

शुक्रबारदेखि फिल्म रिलिज हुने प्रचलन अनुसार  आजबाट  चार नेपाली फिल्मले  प्रदर्शन आरम्भ गरेका छन् ।

यस बर्ष केही साता कुनैपनि फिल्म प्रदर्शनमा  आएनन् भने आजबाट बसन्त निरौला निर्देशित ‘मेला’, साम्तेन भुटियाको ‘तान्द्रो’, शंकर कार्की निर्देशित ‘रोमियो’ र एनवी महर्जनको  ‘सकस’ प्रदर्शनमा आएका छन् । ‘तान्द्रो’ बाहेक अन्य तीन फिल्म सिंगल हल लक्षित फिल्म हुन् ।

राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा निमार्ण भएको फिल्म ‘मेला’मा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । हरि पन्तको लेखन रहेको फिल्म ‘मेला’का उनी आफै सह–निर्देशक तथा प्रस्तुतकर्ता हुन् ।

यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । ‘मेला’ नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदैछ ।त्रिकोणात्मक प्रेम कथालार्इ उठान गरेको फिल्म  ‘रोमियो’ मा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको छ ।‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको ‘रोमियो’  एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको हो । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् ।

राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित ‘सकस’मा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको कथा मौनत श्रेष्ठको हो ।दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।

तीन फिल्मसँगै तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई पर्दामा देखाउन खोजेको ‘तान्द्रो’प्रदर्शनमा आएको छ छ । फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ । यो फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो ।उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ ।

दुई नेपाली र एक हलिउड फिल्म पर्दामा

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK