चार नेपाली क्रिकेटर आइसिसीको ट्वान्टी–ट्वान्टी बरियतामा

ENGLISH

SPORTS

चार नेपाली क्रिकेटर आइसिसीको ट्वान्टी–ट्वान्टी बरियतामा

10 August, 2018 | Kabiraj Adhikari | 2065 Views | comments

नेपालका चार खोलाडीहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बरियतामा राखेको छ । सार्वजनिक नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर र व्याट्सम्यान तर्फ दुई खेलाडी शीर्ष १०० भित्र राखिएका हुन् ।

ब्याटिङतर्फ १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका पारस खड्का र शरद भेषावकर परेका हुन् भने बलिङतर्फ ११ खेलबाट १९९ रन बनाएका बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् ।

नेपालका कप्तान खड्का ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा २६५ अंकसहित ९० औं स्थानमा छन् शरद भने २३८ अंकसहित ९८ औं स्थानमा रहेका छन् । अष्ट्रेलियाका आरोन फिन्च यसको शीर्ष स्थानमा तथा पाकिस्तानका फकर जमान दोश्रो स्थान र भारतका लोकेश राहुल तेश्रो स्थानमा रहेका छन् ।

बसन्त ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित ७१ औं स्थानमा र सोमपाल ३३८ अंकसहित बरियताको ९२ स्थानमा रहेका छन् । रेग्मीले १२ खेलबाट १६ विकेट लिएका थिए भने कामीले १२ खेलबाट १३ विकेट लिएका थिए। ट्वान्टी ट्वान्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

काठमाडौँ

इपिएल : काठमाडौँद्वारा पोखरा पाँच विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ...

ज्यामरुककोट गाउँ

ज्यामरुककोट गाउँ

म्याग्दी जिल्ला बेनी नगरपालिका–२ स्थित सुन्दर ज्यामरुककोट गाउँमा कृषकले...

सम्झौताअनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ कम्पनीमा कामदार पठाउन रोक

वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न...

विद्यालय

नेपाली विद्यालय कतारमा स्थापना गर्न आग्रह

नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK