चार अर्ब ८३ करोड डलरमा याहुको बिक्री

ENGLISH

TECH

चार अर्ब ८३ करोड डलरमा याहुको बिक्री

26 July, 2016 | arjun baral | 1380 Views | comments

yahoo

कुनै समय इन्टरनेट सेवामा अधिपत्य जमाएको अमेरिकी कम्पनी याहु चार अर्ब ८३ करोड अमेरिकी डलरमा बिक्री भएको छ । अमेरिकन कम्पनी भरिजनले याहुलाई लामो समयको प्रक्रियापछि खरिद गरेको हो । विक्रीको लागि याहुले लिलामि राखेको थियाये सबैभन्दा बढी मूल्य प्रस्ताव गरेपछि भरिजनले याहुको स्वामित्व लिने भएको हो ।

यसलाई सन् १९९४ स्टान्डफोर्ड विश्वविद्यालयका दुई जना विद्यार्थी जेरि योङ र डेबिड फेलोले सुरुवात गरेका थिए। इन्टरनेट व्यवसायमा लामो समय अधिपत्य जमाएको याहु पछिल्लो समय गुगल,फेसबुक, ट्विटरलगायत नयाँ कम्पनीको आगमन भएपछि ओरालो लाग्दै गएको थियो । ।

सन् २००८ मा माइक्रोसफ्टले ४४ अर्ब अमेरिकी डलरमा याहुलाई खरिद गर्ने प्रस्ताव राखे पनि यसलाई याहुले स्वीकार गरेको थिएन । डिलपछि म आज निकै खुसी छु । आज याहुका लागि निकै ठूलो दिन हो’, याहुकी सीईओ मारिसा मेयरले टम्बर बल्गमा पोस्ट् गर्दै भनेकि छन् । उनले आफू कम्पनीमा रहिरहने बताए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने स्वामित्वको आधिकारिक हस्तान्तरणपछि उनले पद छाड्ने जनाएका छन् । पूर्णरूपमा स्वामित्व हस्तान्तरण सन् २०१७ को अन्त्यसम्ममा हुने बताइएको छ ।

भरिजनले याहु खरिद गरेपछि २० वर्ष देखिको बजारमा उसको अधिपत्य सकिएको छ । कम्पनी सञ्चालन गर्न याहुको कम्पनीको कुनै अस्थित्व नरहेने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खासगरी इन्टरनेट कम्पनीमा अरु कम्पनी आएको र त्यो अनुसार परिवर्तन नगर्दा याहुको भविष्यमाथि धेरैनै प्रश्न थियो ।

याहुसँग अब याहु जापानमा ३५.५ प्रतिशत र चिनियाँ कम्पनी अलिबाबामा १५ प्रतिशत सेयर छ ।

पछिल्लो समय इन्टरनेट व्यवसायमा आक्रमक भएर आएको भरिजनले नयाँ ढंगले कम्पनी चलाउने घोषणा गरेको छ । अघिल्लो वर्ष चार अर्ब डलरमा भरिजनले एओएल कम्पनी खरिद गरेको थियो ।

फेसबुकले ल्यायो इन्टरनेट नभएको बेला भिडियो हेर्न मिल्ने सुविधा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK