चलचित्र सन्जोगले पायो पिजी सर्टिफिकेट

ENGLISH

ENTERTAINMENT

चलचित्र सन्जोगले पायो पिजी सर्टिफिकेट

27 July, 2016 | Anjana Bhandari | 915 Views | comments

sanjog

चलचित्र ‘संजोग’ लाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्रमा भरपूर्ण एक्शन भएकाले सेन्सरले ‘पिजी’ सर्टिफिकेट दिएको यसका निर्माता उमेश उप्रेतीले बताए ।

यो चलचित्र यही आउँदो शुक्रबार एकसाथ देशभर रिलिज हुँदैछ । चलचित्र ‘संजोग’ मा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री सुष्मा कार्कीको अनस्क्रिन रोमान्स रहेको छ । यसै चलचित्रमार्फत सविन र सुष्माको जोडीलाई पहिलोपटक पर्दामा देखिन लागेको हो ।

सुष्मा अभिनीत चलचित्र प्रदर्शनमा ग्याप भइरहेका बेला ‘संजोग’मा देखिन लागेकी हुन् । सविन र सुष्माको जोडीलाई निर्माणपक्षले प्रमोसनको अस्त्र बनाएका छन् । हुन पनि ‘संजोग’ मा यी जोडी निकै जमेका छन् ।

उमेश उप्रेतीको निर्माण रहेको यस चलचित्रलाई बेदप्रसाद भूर्तेलले निर्देशन गरेका हुन् । निर्माता उप्रेतीका अनुसार ‘संजोग’ नारीप्रधान एक्शन चलचित्र हो । चलचित्रमा त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ । ‘संजोग’ बाट निर्माता उप्रेती आशावादी छन् ।

हाल चलचित्र प्रमोसनमा ब्यस्त रहेका उनले भने, ‘सविन र सुष्माको केमेष्ट्रिले गर्दा पनि चलचित्र दर्शकले रुचाउँछन् भन्ने लागेको छ ।’ युजेस फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘संजोग’मा सविन र सुष्माका अलावा प्रज्वल गिरी, पुष्कर भट्ट र खगेन्द्र उप्रेतीको पनि मुख्य अभिनय छ ।

उज्वल थेबे लिम्बु र कुमार विविाहितको संगीत रहेको ‘संजोग’ मा गोविन्द राईको नृत्य, चन्द पन्तको द्वन्द्व र हरिनारायण चौधरीको छायांकन रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK