चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

ENGLISH

NRN GLOBAL

चलचित्र ‘शत्रु गते’

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

10 July, 2018 | Sandeep Bhattarai | 2180 Views | comments

चलचित्र ‘शत्रु गते’

नेपाली  चलचित्र  ‘शत्रु गते’ युएईका विभिन्न हलमा प्रदर्शनी हुने भएको छ । नेपाली चलचित्र  हलमा व्यावसायिक रुपमा उधुम मच्चाउन सफल चलचित्र  ‘शत्रु गते’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।

नेपालमा दर्शकले मन पराएको चलचित्र ‘शत्रु गते’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्र मध्ये उच्च कमाइ गर्ने मध्येको ‘शत्रु गते’ युएईका विभिन्न शहरका १५  सिनेमा हलमा लाग्ने भएको छ ।चलचित्र १२ जुलाईमा  युएईको दुबई , अबुधाबी, अजमान, रसअलखेमा, फुजेराहलगायत ठाउँका विभिन्न सिनेमा हलमा प्रदर्शन हुनेछ ।

नेपाली चलचित्र ‘शत्रु गते’ युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर  नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।

‘शत्रु गते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगाएत विदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष  सर्वाधिक कमाई गर्ने दोश्रो ठूलो नेपाली चलचित्र हो ।

युएईमा गत २०१६  अक्टोबर १४ तारिक देखि  नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगायतका नेपाली चलचित्र प्रदर्शनी भए पछि  विभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो । पुन नियमित चलचित्र प्रदर्शनीको लागि सम्पूर्ण तयारि सकिएको  युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।

मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ  । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन । युएईपछि कतार, बहराइन, ओमन लगायतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।

चलचित्र शत्रु गतेको खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई ५ तारिक देखि पर्दशनी तयारि गरेर प्रचारप्रसार गरिरको भए पनि बिबिध कारणले तयारी नसकिएकाले पर्दशनी मिति परिबर्तन गरेर जुलाई १२ तारिक बनाइएको कम्पनीका प्रतिनिधि रमेश ढकालले बताएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK