चलचित्र युम्पो देउरालीका लेखक निर्देशक बेदबहादुर गुरुङ कतारमा सम्मानित

ENGLISH

NRN GLOBAL

चलचित्र युम्पो देउरालीका लेखक निर्देशक बेदबहादुर गुरुङ कतारमा सम्मानित

30 September, 2015 | Bipin Acharya | 845 Views | comments

दोहा, कतार । लामो समयदेखि तमू भाषा, संस्कार, संस्कृतिमा आधारीत चलचित्र निर्माण कार्यमा कृयाशिल तथा यस वर्षको नेफटा अवार्डमा उत्कृष्ट आदिवासी चलचित्र पुरस्कार प्राप्त गर्न सफल तमू भाषाको चलचित्र युम्पो देउरालीका लेखक निर्देशक बेदबहादुर गुरुङ (श्याम) लाई कतारमा एक समारोह बिच सम्मान गरिएको छ ।

bedh

तमू (गुरुङ) समाज कतारले आयोजना गरेको सम्मान कार्यक्रममा गुरुङ फिल्म अशोसियशन नेपालका अध्यक्ष समेत रहेका गुरुङलाई कतारमा कृयाशिल तीन संस्थाले सम्मान गरेका छन । तमू समाजका संरक्षक बिलबहादुर गुरुङले क्रेगी (फेटा) र अध्यक्ष कृष्ण गुरुङले सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरेका थिए भने तमू प्ये ल्हु संघ कतारको तर्फबाट जेष्ठ सदस्य टेकबहादुर गुरुङले क्रेगी (फेटा) र अध्यक्ष युद्धजङग (दुर्गा) गुरुङले सम्मान पत्र हस्तान्तरण गरेका थिए । त्यसरी नै कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष आशबहादुर गुरुङले दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरे भने फेवा सांस्कृतिक परिवारका कार्यवाहक संयोजक बिक्की बिकले खताले सम्मान गरे ।

तमू (गुरुङ) समाज कतारका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गुरुङ फिल्म अशोसियशन नेपाल (जिफान) का अध्यक्ष बेदबहादुर गुरुङ थिए । समाजका संरक्षक बिलबहादुर गुरुङ, सल्लाहकार बुधबल गुरुङ, तमू प्ये ल्हु संघका अध्यक्ष युद्धजङग (दुर्गा) गुरुङ र कास्की आदर्श सेवा समाजका अध्यक्ष आशबहादुर गुरुङ लगायत समाका सल्लाहकार तथा शाखा समितिका प्रमुखहरु अतिथिका रुपमा उपस्थित थिए । समाजका द्वित्तीय उपाध्यक्ष रश (शिव) गुरुङले स्वागत मन्तब्य राखिएको थियो भने महासचिव खुशीमान गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

लोपोन्मुख रहेको तमू भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्न महत्वपुर्ण योगदान पु-याएका श्याम गुरुङको मुक्त कण्ठले प्रशंसा गरिएको थियो । चलचित्र निर्माण एउटा श्रृजना हो र यसले हामी तमूहरुलाई संगठीत हुन र एकताको सुत्रमा बाध्न सहयोग गर्छ । सफल चलचित्र निर्माण गरेकामा बधाई दिंदै आउने दिनमा अझ सशक्त र सफल चलचित्र निर्माण गर्न थप प्रेरणा मिलोस भनि शुभकामना ब्यक्त गरिएको थियो । यसरी शुभकामना ब्यक्त गर्नेहरुमा तमू समाजका संरक्षक बिलबहादुर गुरुङ, अध्यक्ष कृष्ण गुरुङ, तमू प्ये ल्हु संघका अध्यक्ष युद्धजङग (दुर्गा) गुरुङ र कास्की आदर्श सेवा समाजका अध्यक्ष आशबहादुर गुरुङ थिए ।

मन्तब्यको क्रममा सम्मानित ब्यक्तित्व श्याम गुरुङले यसरी सम्मानित हुदा खुशी र भावुक दुबै बनाएको बिचार ब्यक्त गरे । तमू भाषा, संस्कार र संस्कृति संरक्षणको क्षेत्रमा आफनो सानो प्रयासलाई यस प्रकारको सहाना र प्रोत्साहन मिलेकोमा खुशी भएको र यस कार्यमा संगै हिडन सिकाउने आफनो जोडी स्व.लोकबहादुर गुरुङ हामी बिच नहुँदा उँहाको सम्झनाले भाबुक बनाएको बिचार ब्यक्त गरे । मन्तब्यको क्रममा स्व.लोकबहादुर गुरुङले चलचित्र निर्माण र सञ्चार क्षेत्रले तमू समुदायको बिविध पक्षलाई समेटन सक्छ भन्ने मान्यताले नै हामी यस क्षेत्रमा लागेको बताए ।

दुखद विषय के रह्यो भने गत वर्ष मात्रै तमू भाषाको गीत संगीत, चलचित्र र पत्रकारीता क्षेत्रका मुर्धन्य बहुआयामिक ब्यक्तित्व लोकबहादुर गुरुङको असामयिक निधन भएको थियो । उँहाको सम्झनामा लोकबहादुर स्मृति प्रतिष्ठानको स्थापना गरिएको र तमू समुदायमा समर्पित त्रैमासीक पत्रीका तमू संसार प्रकासन लगायत पत्रकारीता, चलचित्र तथा तमू संस्कार संस्कृतिको संरक्षण र सम्बर्धन क्षेत्रमा योगदान पु¥याएका ब्यक्तित्वहरुलाई सम्मान गरि प्रोत्साहन गर्ने परिपाटीको थालनि गरिएको जानकारी दिईयो । उक्त प्रतिष्ठान तमू समुदायको साझा संस्था भएकोले यसमा सहभागि हुन आव्हान पनि गर्नु भयो ।

सम्मानित ब्यक्तित्व श्याम गुरुङले आफनो सटिक मन्तब्य राख्ने क्रममा तमू संस्कार संस्कृतिमा आधारित चलचित्रहरुको बजार ब्यवस्थापन लगायत बिकृति र बिसंगतिलाई न्यनिकरण गर्न गुरुङ फिल्म एशोसियशन (जिफान) स्थापना भएको जानकारी गराए । साथै बिदेश स्थित तमू चलचित्रको प्रदर्शन गर्न जिफानसंग समन्वय गर्न पनि गुरुङले आग्रह गरे । तमू भाषा, संस्कृति भनेको नेपाल भित्र कै निधि भएकोले राज्य स्तरबाट पनि यसको संरक्षण सम्बर्धनमा सहयोग पाउनु पर्ने बताए । राज्य स्तरबाट हाम्रा निधिहरुको संरक्षण र सम्बर्धन गर्ने कार्यको लागि सहयोग दिलाउन संगठित रुपमा जिफान मार्फत लागि रहेको समेत गुरुङले मन्तब्यको क्रममा बताए ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK