एबी इन्टरनेसनलले बनाउन लागेको पहिलो चलचित्र ‘पासवर्ड’ को बेलायतका विभिन्न स्थानमा शुटिङ शुरु भएको छ । सिनेम्याक्स लण्डन लिमिटेड संगको सहकार्यमा बन्न लागेको सो फिल्ममा फिल्म ‘ह्याप्पी डेज’मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् ।

चलचित्र ‘पासवर्ड’ को बेलायतमा शुटिङ शुरु

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘पासवर्ड’ को बेलायतमा शुटिङ शुरु

2 September, 2018 | Reeta Shrestha | 4625 Views | comments

एबी इन्टरनेसनलले बनाउन लागेको पहिलो चलचित्र ‘पासवर्ड’ को बेलायतका विभिन्न स्थानमा शुटिङ शुरु भएको छ । सिनेम्याक्स लण्डन लिमिटेड संगको सहकार्यमा बन्न लागेको सो फिल्ममा फिल्म ‘ह्याप्पी डेज’मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् ।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । उनको यो पहिलो फिचर निर्देशन हुनेछ । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । संगीत निर्देशन अर्जुन पोखरेलको हुनेछ । फिल्मका गीतहरुलाई रामजी लामिछानेले डान्स कोरियोग्राफी गर्नेछन् । अमित बस्नेत र हिरल जोशी यस फिल्मका निर्माता हुन् ।

गत आइतबारदेखि लन्डनमा सुटिङ सुरु भएको र यसकालागि नेपालबाट २० जना कलाकार तथा प्राविधिकहरुको टोली लण्डन आइपुगेको छ। लन्डन, बर्नमाउथ, ससेक्स लगायतका ठाउँमा फिल्म छायांकन गरिनेछ। फिल्मको एउटा रोचक पक्ष के हुनेछ भने यस फिल्ममा प्रख्यात बलिउड अभिनेत्री सन्नी लियोनी समेत समावेश हुनेछिन् । नेपाली सिनेमा क्षेत्रमा यो नयां प्रयोग हुनेछ । सन्नी यसका लागि उत्साहित छिन् र उनी नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन । सन्नीले फिल्मका मुख्य अभिनेता जोशीसँग स्क्रिन सेयर गर्नेछिन् । उनी यसका लागि केही सातामै लन्डन पुग्नेछिन् ।

फिल्म शुटिङको क्रममा घाइते भए अमिताभ बच्चन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK