चलचित्र ‘नेप्टे’ पोष्टर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘नेप्टे’ पोष्टर सार्वजनिक

पोस्टरमा पनि “हरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बररर”

20 March, 2018 | Kabi Adhikari | 1305 Views | comments

चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन् ।

nepali-movie-nepte-poster

फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज, बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ ।

nepali-movie-nepte-poster

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

nepali-movie-nepte-poster

अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ ।

चलचित्र “नेप्टे” को ट्रेलर सार्वजनिक

‘नेप्टे’ मा दयाहाङ

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK