चलचित्र ‘डमरुको डण्डीबियो’को गीत सार्वजनिक

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘डमरुको डण्डीबियो’को गीत सार्वजनिक

16 March, 2018 | Kunjar Bhattarai | 1390 Views | comments

वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘डमरुको डण्डीबियो’को गीत सार्वजनिक भएको छ ।

चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत चलचित्रको शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘तितेपाते तितेपाते झ्याप झ्याप ‘बोलको गीत सार्वजनिक गरियो ।सार्वजनिक गीतमा चर्चित संगीतकार कालिप्रसाद बास्कोटाको संगीत तथा स्वर रहेको छ ।

चलचित्रका प्रमुख कलाकारहरु फिचरिङ  रहेको गीतको शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा,अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवारलगायतका कलाकारहरुको  अभिनय छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो चलचित्रको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् ।

प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको चलचित्रलाई लाई हरी हुमागाइँले खिचेका हुन् ।

राज थापा निर्देशित चलचित्र “सुपर गोर्खे”को ट्रेलर सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK