चलचित्र ‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने

3 June, 2016 | Sandeep Bhattarai | 590 Views | comments

cheskoशुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ ।

यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिनुभएको छ ।

नायिका पनेरुले खेलेको पहिलो चलचित्र ‘जिस्म’ प्रदर्शनमा नआइकनै विवादमा आएकाले ‘छेस्को’लाई पनि चलचित्र सेन्सर बोर्डले ‘पास’ गर्न समय खर्चिएको थियो । चलचित्रका वितरकसमेत रहेका नायक श्रेष्ठ यो चलचित्रलाई पूर्ण पारिवारिक भएको बताउँदै भन्नुभयो, “यो मनोरञ्जनात्मक पूर्ण पारिवारिक कथा बोकेको चलचित्र हो । बाबु–आमाले छोराछोरीका हरेक कुरामा ध्यान दिनुपर्छ भन्ने यसले सन्देश दिन्छ ।” उहाँको कथन थियो, “छेस्को सानो सिन्को भएपनि यो खुट्टामा बिझाउने घाउ हो, बिझाउनेलाई मात्र थाहा हुन्छ । चलचित्र हेरेपछि तपाईंले यही महसुस गर्नुहुन्छ ।”

शुक्रबार एउटा मात्र चलचित्र चल्ने र कोही प्रतिस्पर्धामा नहुने भएकाले पनि निर्माण पक्ष उत्साहित भएको बताइएको छ । साथै यसबाट उठेको १५ प्रतिशत रकम अनाथ बालबालिकालाई सहयोग गरिने नायक श्रेष्ठले जानकारी दिनुभयो ।

चलचित्रमा पूजना प्रधान, पवित्रा आचार्य, सृष्टि सेन्चुरी, रवीन वैद्यलगायत कलाकारको समेत अभिनय छ ।

यो पनि हेर्नुस – ‘छेस्को’बाट पनि बाहिरियो अर्चनाको अर्धनग्न तस्विर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

गिरी

अमेरिकाको गोलीकाण्डमा एक नेपालीसहित तीनको हत्या

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK