चलचित्र ’ऐश्वर्य’को सुरुवाती व्यापार आक्रामक: तीन दिनमै २ करोड बढी ग्रस कलेक्सन

ENGLISH

ENTERTAINMENT

चलचित्र ’ऐश्वर्य’को सुरुवाती व्यापार आक्रामक: तीन दिनमै २ करोड बढी ग्रस कलेक्सन

30 October, 2017 | Sandeep Bhattarai | 1070 Views | comments

ऐश्वर्य

सार्वजनिक गीत तथा ट्रेलरले पाएको हाईपकै कारण दर्शक ऐश्वर्य हेर्न हलसम्म आएका छन् ।

गत विहिबार रिलिज भएको फिल्मले दर्शकको साथ पाएको छ । फिल्म बिहिबार, शुक्रबार तथा शनिवार गरेर २ करोड बढी ग्रस कलेक्सन गर्न सफल भएको छ । ’फिल्मले कमाएको कुराले हर्षित छु नै साथै फिल्मलाई दर्शकले मन पराउनु भएको छ , त्यसैले झन् हर्षित छु’ निर्मातासंगै कलाकार समेत रहेका रमेश भन्छन ’फिल्मको मेकिङको सर्वत्र चर्चा छ, त्यो सु:खद पक्ष हो ।’

फिल्मले पहिलो दिन बिहिबार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैया र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५ को ब्यापार गर्न सफल भएको थियो भने दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६ हजार ७ सय ४३ र मोफसलमा २४ लाख ८३ हजार ३ सय ५० को ब्यापार गर्न सफल भएको थियो । पहिलो र दोस्रो दिन दर्शकको साथ पाएको फिल्मले तेस्रो दिन शनिबार पनि उल्लेख्य साथ पाएको थियो । तेस्रो दिन शनिबार उपत्यकामा ५६ लाख ६४ हजार ५ सय ३७ र मोफसलमा ३९ लाख ६६ हजार १ सय ७२ को व्यापार गर्न सफल भएको छ । फिल्मले तीन दिनमा २ करोड १ लाख ९७ हजार ४ सय ८४ को ग्रस कलेक्सन गर्न सफल भएको छ ।

ऐश्वर्य

फिल्ममा रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं, केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , विकास खतिवडा ,तेन्जु योन्जन लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । राजेश श्रेष्ठ र सुदीप बरालकोे छायाँकन रहेको यो फिल्मलाई डिसीएनले अल नेपाल वितरण गरेको हो ।

सुरुवाती व्यापार आक्रामक गर्यो चलचित्र ’ऐश्वर्य’ले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK