चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

ENGLISH

ENTERTAINMENT

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

17 January, 2018 | Kabi Adhikari | 815 Views | comments

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाहीले फिचरिङ गरेका छन् ।

aadittiya-song
गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा निरनको संगीत छ । व्याण्डका कलाकारहरुलेसमेत फिचरिङ गरेको भिडियोमा जितेन्द्र श्रेष्ठको सम्पादन, निरज श्रेष्ठ र विजय कोजुको छायांकन तथा सोनाम छिरिङ लामाको निर्देशन छ ।

सात वर्ष अघिमात्र व्याण्डको पहिलो एल्बम ‘अनुप्रस्थ’ बजारमा आएको थियो । एल्बममा सात गीत छन् । अनुप्रस्थ झण्डै दशकदेखि नेपाली फोकरक संगीतमा सक्रिय छ । यो व्याण्ड सन् २००८ मा भएको ‘स्प्राइट बेण्ड च्यालेन्ज’ नामक टेलिभिजन रियालिटी शोबाट चर्चामा आएको थियो ।

व्याण्डका गायक निरनले अद्वितियको अर्थ नयाँ वा अन्य भन्दा फरक भन्ने रहेकाले यही नाम राखिएको बताए । गीतको शब्दले एउटा मानिससँगको सम्बन्धलाई अर्को मानिस आएर विस्थापन गर्न नसक्ने कुरा उल्लेख गरेको छ ।

व्याण्डले ‘दिन’, ‘सुख र दुःख’, ‘गफ’ र ‘उज्यालो’ नामक म्युजिक भिडियो यसअघि नै बजारमा ल्याईसकेको छ । व्याण्डमा नरेनसहित जिमी शाही, गोविन सुनुवार र विवेक तामाङ सदस्य छन् ।

भिडियो हेर्नुहोस :-

गायिका जुना प्रसाईको “तारा बाजी लै लै”को म्युजिक भिडियो सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK