चर्चित व्याण्डका सदस्यहरुद्वारा नयाँ व्याण्डको शुरुवात

ENGLISH

ENTERTAINMENT

चर्चित व्याण्डका सदस्यहरुद्वारा नयाँ व्याण्डको शुरुवात

16 November, 2017 | Kunjar Bhattarai | 715 Views | comments

नेपालका चर्चित व्याण्डका सदस्यहरु एक भई नयाँ व्याण्डको शुरुवात गरेका छन् । राजधानीमा हालै भेला भएका उनीहरुले नयाँ व्याण्डको रुपमा ‘प्रोजेक्ट वान’ शुरु गरेका हुन् ।

यो व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता जस्ता युवामाझ चर्चित व्याण्ड आबद्ध छन् । ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’लाई प्रमुख नारा बनाएको छ ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्स तथा व्याण्डका संस्थापक विकेश कायस्थले आफूहरुले नेपालकै संगीतको इतिहासमा सम्भवत पहिलो पटक धेरै व्याण्डलाई एकै स्थानमा समेटेर नयाँ व्याण्ड शुरुवात गरेको दाबी गरे । ‘हामीले अहिले प्रारम्भिक अवस्थामा व्याण्डलाई कसरी अगाडि बढाउने भनेर योजना बनाइरहेका छौं,’संस्थापक कायस्थले भने ‘हामी व्याण्डको पहिलो कोसेलीका रुपमा यही डिसेम्बरको पहिलो हप्तातिर एउटा एल्बम बजारमा ल्याउँदैछौं । त्यसको तयारी सुरु भइसकेको छ ।’ उनले पहिलो एल्बम निकाले पछि सन् २०१८ को जनवरीबाट देशका प्रमुख सहरमा कन्सर्ट गर्ने तयारीका साथ काम शुरु भइसकेको बताए ।

व्याण्डको गायन समूहका सदस्य रविन एण्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको व्याण्डमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए । ‘नेपालको लागि यो पक्कै  पनि नौलो प्रयोग हो । विभिन्न व्याण्डहरु मर्ज भएर एउटा नयाँ व्याण्ड बन्नु साँच्चै हाम्रा लागि पनि गर्वको कुरा हो ।’ रविनले भने । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले विभिन्न इभेन्टको व्यवस्थापन गर्दै आएको छ ।

कन्दरा व्याण्ड कोरिया पुग्यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK