चर्चित फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित

ENGLISH

NRN GLOBAL

चर्चित फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित

22 May, 2017 | Sandeep Bhattarai | 710 Views | comments

काजल शर्मा

चर्चित फेशन डिजाइनर काजल युरोपमा सम्मानित भएकी छिन् l एनआरएनए बेल्जियम तथा जन सम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका चर्चित फेशन डिजाइनर काजल शर्मालाइ सम्मान गरेको हो l

एनआरएनए बेल्जियमका सस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनए एनसीसी बेल्जियमकी महिला संयोजक सपिला राजभण्डारी, एनआरएनए एनसीसी बेल्जियमकी महिला सह संयोजक रजनी प्रधान, आइसीसी सदस्य जानकी गुरुङ, जन सम्पर्क समिति बेल्जियमकी अध्यक्ष सिता सापकोटा, कलाकार संघ बेल्जियमकी अध्यक्ष पार्वती अधिकारि, मिरा डंगोल गुरुङ, योगिता थापा, सरस्वति महर्जन लगायतका अन्य बेल्जियमबासीले चर्चित फेशन डिजाइनर काजल शर्मालाइ सम्मान पत्र सहित उनले फेशन संसारमा पुर्याएको योगदान तथा युरोपमा समेत नेपाली फेशनलाइ चिनाउने काम गरेर अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने काम गरे स्वरुप उनलाई कदर गरेको थियो l

अहिले काजल क्रियसन बुटिकले नेपाल देखि युरोप सम्म आफ्नो संजाल फैलाउदै गएको छ l छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ l विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएको काजल क्रियसनले अहिले युरोपको विभिन्न शहरमा समेत आफ्नो उत्पादन तथा कलालाई बिस्तार गरेको छ l

फेशन सम्बन्धि आफ्नो काम तथा नेपाली फेशनलाइ विश्व सामु कसरि चिनाउन सकिन्छ, नेपाली उत्पादन ढाकाबाट बनेका कपडा तथा ढाका बाट तयार भएका ड्रेसहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न लागि परेकी काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टर चर्चित फेशन डिजाइनर काजल शर्माले बेल्जियममा गएर त्यहा भएका नेपाली दिदि बहिनिहरुलाई समेत आफ्नो काम अनि काजल क्रियसनले नेपाली फेशन दुनियामा पुर्याएको योगदान तथा ड्रेस डिजाइन सम्बन्धि जानकारी गराइएकि छिन l

एक महिना लामो आफ्नो ब्यबसायिक भ्रमणमा काजलले युरोप निबासी दिदि बहिनीहरुलाई आफ्ना उत्पादन, डिजाइन तथा विश्वमा चलि रहेको फेशन ट्रेन्ड सम्बन्धि जानकारी गराएकी थिइन l काजल भन्छिन युरोपमा समेत नेपाली ड्रेस डिजाइनको माग राम्रो भएको हुदा हामीले आफ्नो देशको उत्पादनलाई बिस्व बजार सामु लान सके सबैलाई फाइदा मुलक हुने तथा नेपाली बजारले अन्तराष्ट्रिय बजारमा ख्याति कमाउदै नेपालको नाम पनि हुने बताउछिन l

युरोपमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँने व्यक्तिहरु सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK