चर्चित गायक अनिल अधिकारी (यमबुद्ध) को मृत्यु

ENGLISH

ENTERTAINMENT

चर्चित गायक अनिल अधिकारी (यमबुद्ध) को मृत्यु

15 January, 2017 | arjun baral | 880 Views | comments

yama budahaयुवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन् । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए ।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ । बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका समाचार विवरणमा उल्लेख छ । उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ ।

नेपाली युवामाझ लोकप्रिय र्यापर तथा पप गायक यमबुद्धका नामले उनि चिनिएका थिए।  सममाचार अनुसार शौचालयमा उनि मृत भेटिएका थिए । उनको आत्महत्या हो या अरुनै कारण प्रहरी रिपोर्ट पछि मात्रै भन्न सकिने छ ।

धरानमा जन्मिएका यमबुद्ध सपरिवार पछिल्लो समय लण्डनमा बस्दै आएका थिए । एकादेश, पागलपन, अन्त्यको सुरुवात, फुटपाथमा मेरो घर लगायत दर्जनौं गित उनका लोकप्रिय छन् । उनले पछिल्लो समय हलिउड र बलिउडका गायकहरुसँग मिलेर समेत म्युजिक भिडियो बनाएका थिए ।

र्याप र पपगितमा मात्र सिमित रहेपनि यमबुद्धले प्रेम र आधुनिकसँगै परिवर्तन, सचेतना तथा अनाथहरुमा केन्द्रित रहेर आफ्ना गित रचनाहरु गाउने गरेका थिए।

गायक यमबुद्धको निधनको खवरले सामाजिक सञ्जालमा उनका फ्यान तथा कलाकारिता क्षेत्रका व्यक्तिहरुले आश्चर्य व्यक्त गर्दै श्रद्दाञ्जली व्यक्त गरिररहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK