चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

ENGLISH

WORLD

चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

17 January, 2017 | Sandeep Bhattarai | 1495 Views | comments

युजिन ए. कम्र्यान

चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ ।

सन् २०७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण गरिएको अन्तरिक्ष यान (रकेट) एपोल्लो–१७ मा चढी बैज्ञानिक तथा अन्तरिक्षयात्री कम्र्यानले १४ डिसेम्बर १९७२ मा चन्द्रमामा पाइला टेकेका थिए ।

डुलफिर गरी धरतीमा फर्कने क्रममा चन्द्रभूमिको एक ठाउँको भूइँमा आफ्नी एक मात्र नौ वर्षीया सन्तान (पुत्री) टेरेसा डाउन कम्र्यानकोे नाम शव्दोच्चारण गर्दा आउने प्रथम अक्षरहरु – टिडिसिू कोरेको उनले बताए ।

सन् १९३४ मा सिकागोमा जन्मिएका कम्र्यान प्रारम्भ देखिनै तीक्ष्ण बुद्धिमा थिए । उनले सन् १९५६ मा २२ वर्षको उमेरमा इन्डियानाको पर्ड्यु विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयमा स्नातक उपाधि प्राप्त गरेका थिए । चन्द्रमामा सन् १९६९ मा पाइला टेक्ने प्रथम मानव अन्तरिक्षयात्री निल आम्स्ट्रंग पनि सन् २०१२ मै दिवङ्गत भै सकेका छन् । निल आम्स्ट्रंगले पनि पर्ड्यु विश्वविद्यालकै इलेक्ट्रिकल इन्जिनियरिङ्ग बिषयका स्नातक हुन् ।

ठूलो खर्च लाग्ने तुलनामा सार्है न्यून उपलब्धि हुने लगायत अन्य धेरै कारणहरु देखाई अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण गर्ने योजना सन् १९७२ पश्चात् स्थगित गरेपछि यस सँगसँगै अमेरिकी अन्तरिक्ष यात्रीहरुको चन्द्रयात्राको क्रममा पनि विराम लाग्यो ।

त्यसको केही वर्ष पछिदेखि अमेरिकाले रुससँग सहकार्य गरी चन्द्रमा तथा अन्य ग्रहहरुको संयुक्त अनुसन्धान, अन्वेषण गर्दै आएको छ । कम्र्यानपछि अन्य कुनै अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमामा टेक्ने अवसर नमिलेपछि उनी नै चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री मानिएका छन् ।

बयासी वर्षको उमेरसम्म चन्द्रमाको अध्ययन, अनुसन्धान र यस बारे पछि पछिका दिनहरुमा के के घटना वा उपलब्धिहरु हासील गरिए सो मा निरन्तर रुची भएका कम्र्यानले, आफू मात्रै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव नभई यो उपाधि अरु कसैले लिइदेओस भनी जीवनको अन्तिम घडीसम्म पनि गहिरो अभिलाषा राखेका कुरा उनको पारिवारिक प्रवक्ता बताउँछन् ।
बै

ज्ञानिक तथा अन्तरिक्ष यात्री कम्र्यानले पाँचसय छैसाठ्ठी घण्टासम्म अन्तरिक्षमा र यस अवधिमध्ये त्रिहत्तर घण्टाभन्दा बढी समयसम्म चन्द्रसतहमा व्यतीत गरेको रेकर्ड कायम रहेको छ ।

उनले चन्द्रयात्राका क्रममा भोग्नु परेका दुखः कष्ट, आर्जन गरेका अनुभव तथा अन्य धेरै रोमान्चक घटनाहरु समेटी छायाङ्कन गरिएको एउटा बृत्तचित्र (डकुमेन्ट्री ) दि लास्ट म्यान अन दि मून सन् २०१६ मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK