चन्दको बन्दले सर्वसाधारण समस्यामा : कोटेश्वरमा एउटा ट्याक्सीमाथि आगजनी

ENGLISH

चन्दको बन्दले सर्वसाधारण समस्यामा : कोटेश्वरमा एउटा ट्याक्सीमाथि आगजनी

9 June, 2016 | Sandeep Bhattarai | 675 Views | comments

माओवादी एकता प्रक्रियाबाट बाहिरिएका नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आव्हान गरेको नेपाल बन्द बिहानैदेखि प्रभावित देखिएको छ ।

Chand-ko-Band

बन्दका क्रममा कोटेश्वरमा एउटा ट्याक्सीमाथि तोडफोड भएको समाचार छ । बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए । आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ ।

त्यस्तै भक्तपुरमा बन्द गराउँदै हिँडने दुई जनालाई पेट्रोल बमसहित प्रहरीले पक्राउ गरेको छ । बन्द गराउँदै काठमाडौंको विभिन्न स्थानमा हिँड्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई रत्नपार्क, कालिमाटी र बालाजु आसपास क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिनुभएको छ ।

त्यस्तै ललितपुरका एसएसपी पितम्बर अधिकारी अनुसार ललितपुर जिल्लाबाट ललितपुरमा ४ गुलेलीसहित १२ जनालाई नियन्त्रणमा लिइएको छ ।बिहानैदेखि चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । यात्रुहरु गन्तव्यमा पुग्न पैदल हिंडिरहेका छन् ।

बिहानीपख भाडाका सवारी साधन नचले पनि निजी सवारी साधन भने केही मात्रामा सञ्चालन भइरहको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुस –  विप्लव माओवादीद्वारा बन्दको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK