चक्कु प्रहार गरी जापानमा एक युवकले गरे १९ को हत्या,४४ जना घाइते

ENGLISH

WORLD

चक्कु प्रहार गरी जापानमा एक युवकले गरे १९ को हत्या,४४ जना घाइते

26 July, 2016 | Bhawana Pathak | 1085 Views | comments

जापानको कानागावामा चुकुई यामुरुई इन नाम गरेको २६ बर्षिय एक युवकको चक्कु प्रहारबाट १९ जनाको मृत्यु भएको छ | युवकले गरेको अन्धाधुन्द चक्कुप्रहार बाट अन्य ४४ जनाको घाइते भएका छन |

hatya-japan

जापानी समाचार संस्था एनएचकेले भने प्रहरीलाई उदृत गर्दै १५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विकंलांगहरु रहने आवास क्षेत्रमा बिहान २:३० बजेको समयमा भएको यो हत्या दोस्रो विश्व युद्धपछिकै ठूलो घटना भएको जापानी समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । आक्रमणको खास कारण खुल्न नसकेको एनएचकेले प्रशारण गरेको छ । कानागावा प्रहरीलाई उदृत गर्दै एनएचकेले उल्लेख गरे अनुसार घटनामा अन्य २४ जना घाइते छन् भने २० जनाको चिन्ताजनक अवस्थामा उपचार थालिएको छ ।प्रहरीले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएको छ ।

जापानमा यसअघि युद्ध पछि भएका विभिन्न दुखद घटनाका रुपमा भन्दै जापानी सञ्चार माध्यमहरुले यस्तै आक्रमणमा सन् २००१ मा इकेदा शहरको प्राथमिक विद्यालयमा ८ बालबालिकाको चक्कु प्रहारबाट हत्या भएको उल्लेख गरेका छन् । यसैगरि सन् २००८ मा एक युकले आकिहाबारा जिल्लामा सडकमा ट्रक कुदाएर छुरा समेत प्रहार गर्दा ७ जनाको मृत्यु र अन्य १० जना घाइते भएको घटना स्मरण गरेका छन् ।

सन् २०१० मा ओसाका शहरमा एक युवाले वीडियो हेर्ने पसलमा गरेको आगलागीमा परि १६ जनाले ज्यान गुमाएको घटना सम्झंदै आज बिहान भएको १९ जनाको हत्या घटना यि सबै भन्दा विभत्स र भयानक रहेको बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK