घोराही उप- महानगरपालिकाद्वारा पानी अभियानको लागि १० लाख विनियोजन

ENGLISH

घोराही उप- महानगरपालिकाद्वारा पानी अभियानको लागि १० लाख विनियोजन

11 September, 2017 | Sandeep Bhattarai | 1275 Views | comments

घोराही उप- महानगरपालिका

“हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस्” भन्ने नारा अगाडि सारेर विदेशिएका युवा मित्र लाल पार्देको सोचबाट शुरूवात भएको पानी अभियानमा राहत पुगोस् र सकारात्मक बल पुगोस् भन्ने अभिप्रायले घोराही उप-महानगरपालिकाले सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि रु १० लाख विनियोजन गरेको जानकारी सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष एवं घोराही उपमहानगर पालिकाका सूचना अधिकृत प्रेम केसी ले दिनु भएको छ ।

स्मरण रहोस् सरकारी निकायबाट पानी अभियानमा चासो राखी पानी अभियानमा गरिएको सहयोग रकम हालसम्मकै ठूलो हो तथापि नारा पूरा गर्न अझै धेरै संघर्ष गर्नुपर्ने देखिन्छ ।घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी लगायत हरेक व्यक्तिहरुलाई उपभोक्ता समिति अध्यक्ष श्री प्रेम के सी ले आभार प्रकट गर्नु भएको छ ।

उक्त खबर प्राप्त गर्ने बित्तिकै पानी अभियानकर्ता मित्रलाल पार्दे आफ्नो फेसबूक पेजमा लेख्नुहुन्छ ।

“हामी आभारी छौ , पानी अभियानमा घाेराही उपमहानगरपालिकाकाे नगर सभाबाट चालु अाबमा रू १० लाख बिनियाेजन गरिएको खबर सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष एवं घोराही उपमहानगर पालिका सूचना अधिकृत प्रेम केसीले जानकारी गराउनु भएको छ । यस महान कार्यका लागि उपमहानगर पालिका प्रमुख नरुलाल चौधरी लगायत उपप्रमुख, कार्यपालिका सदस्य एवं सम्पूर्ण नगर सभा सदस्यहरू प्रति पानी अभियन्ताको तर्फबाट हार्दिक अाभार प्रकट गर्दछु । यस कार्यमा विशेष भूमिका खेल्नु हुने प्रेम केसीको अध्यक्षतामा गठित सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती परिवार मिडिया एवम सिङ्गो गाउँ प्रति पानी अभियानको तर्फबाट पनि आभार प्रकट गर्दछु । ” हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ।जय पानी अभियान “

साथै पानी अभियानको माध्यमबाट गाउँमा बोरिङ खनेर पानी पनि निस्केपछि अब ओभर हेड ट्यांकी पाइप किन्न रकमको आवश्यकता परेकोले सहयोगी मनहरुलाई सहयोग गर्न पनि अभियानकर्ताले अनुरोध गर्नुभएको छ । स्मरण रहोस् देश विदेशमा पानी अभियानले बिस्तारै स्वस्फूर्त धेरैको मन जित्दै गैरहेको छ ।

हरेक घरमा धारो र हरेक गाउँ सिंचाइ नपुग्दासम्म घर जान्न : पार्दे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK