घाम पानीले मक्काएको काठजस्तै मेरा बा !

ENGLISH

घाम पानीले मक्काएको काठजस्तै मेरा बा !

13 September, 2015 | Krishna Adhikari | 445 Views | comments

घाम पानीले मक्काएको काठजस्तै,
काला भएका हातगोडा,
सिमलका भुवा जस्तै,
बतासका झोक्काहरुमा उड्न ठिक्क,
सेता दाह्री र कपालहरु,
मल र पानी नपाएर,
बल्ल बल्ल पसाएको मकैको घोगाजस्तै,
एक दुइ थान दाँत बाँकी रहेको मुख,
जीवनमा भोगिएका पिडा ओकल्ने,
चाउरी परेको अनुहार,
समुन्द्र जस्तै भित्र गहिरीएका आँखाहरु,
सगरमाथा जस्तै उच्च नाक,
मानब अतिक्रमणले खुइलिँदै गएको,
चारकोशे झाडी जस्तो तालु,
साँच्चै,
एउटा युग बोकेर बाँचेका थिए,
मेरा बा ।
११ औँ दिनको नाम नागरिकतामा लुकाएर,
६ महिनामा ‘आमा टोकुवा’,
२ वर्षमा ‘बाबु टोकुवा’,
‘टुहुरो’ र ‘अलच्छीना’ जस्ता उपमा बोकेर,
पहराको लहरा जस्तै,
अभाव र दासताको भुमरीमा हल्ली हल्ली,
आफुलाई आँफै बनाउन संघर्ष गर्दै,
ब्वाँसाहरुको भिडमा उभिएको,
मृगशावक जस्तै निरिह जीवन बोकेका,
“ढकाल कान्छा” भन्थे,
यो व्यवस्थाले के दियो मलाई ?
सिर्फ एक थान नागरिकता सिवाय ?
जीवनलाई संघर्ष सम्झने,
अन्तिम क्षणसम्म पनि,
सिँहको पञ्जाको शिकारजस्तै,
आफ्नो अस्थित्वको खोजीको लागि,
अन्यायको विरुद्ध लडिरहने,
सायद, उनी सूर्य थिए,
जो आँफू जलेर संसार बचाउँछ,
उनी पहरा थिए,
जो आँफू रसाएर सृष्टी सिंचञ्छ,
सायद,
उनी थिए होलान् यै धर्ती,
सारा बोझ बोकेर पनि संघर्षरत,
रामायण र गीताका श्लोकहरु पढ्दै,
उनी भन्थे,
मलाई जिउँदै मर्नेहरु भन्दा,
मरेर बाँच्नेहरुप्रति सम्मान छ ।
त्यसैले मेरो सम्मान छ महामानबप्रति,
जो कहिल्यै रोएर बाँचेन,
बरु लडेर बाँच्न सक्यो,
र बाँचीरह्यो युग युग सम्म ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK