घान्द्रुकमा एक वर्षमा ४७ हजार बाह्य पर्यटकद्वारा पदयात्रा

ENGLISH

TRAVEL

घान्द्रुकमा एक वर्षमा ४७ हजार बाह्य पर्यटकद्वारा पदयात्रा

12 January, 2017 | Krishna Adhikari | 1560 Views | comments

annapurna_thorang-chadhna-jandai

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् ।

सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिनुभयो ।

सन् २०१६ को जनवरीदेखि डिसेम्बर महिनासम्म घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प र खोप्रा क्षेत्रमा ४७ हजार २४७ बाह्य पर्यटकले भ्रमण गरेका थिए ।

सन् २०१५ मा करिब ३६ हजार तथा सन् २०१४ मा करिब ४२ हजार बाह्य पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । सन् २०१६ को सुरुका महिनामा नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएपनि त्यसपछिको समयमा सो सङ्ख्यामा वृद्धि भएको एक्याप घान्द्रुकका प्रमुख बिदुर कुइँकेलले बताउनुभयो ।

पर्यटकीय नगरी पोखरा नजिक पर्ने भएकाले घोडेपानी घान्द्रुक पदमार्ग छोटो समयको पदयात्राका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।अन्नपूर्ण आधार शिविर र घोडेपानी अधिकांश पर्यटकको रोजाइमा पर्छ । मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जङ्गल, एकान्त वातावरण सो पदमार्गका मुख्य विशेषता हुन् ।

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० तथा अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क तिर्नुपर्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK