घले दम्पतिको ल्होछार र नयाँ बर्ष लाप्रकको टेण्ट मुनि

ENGLISH

NRN GLOBAL

घले दम्पतिको ल्होछार र नयाँ बर्ष लाप्रकको टेण्ट मुनि

3 January, 2017 | Bipin Acharya | 680 Views | comments

बसन्त रानाभाट

गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले यस बर्षको तमु ल्होछार तथा नयाँ बर्ष भूकम्प पीडित क्षेत्र गोरखा स्थित लाप्रकमा टेण्ट मुनि बिताएका छन् । नयाँ बर्षका अवसरमा  बिभिन्न देशमा पुगेर छुट्टी मनाउने घलेको बर्षौंदेखिको तालिका रहे पनि यस बर्ष पत्नी जमुना गुरुङ सहित लाप्रकमा समय बिताएका हुन्। गैर आबासीय नेपाली संघले भूकम्पपीड़ितका लागि नयाँ घर बनाईदिने प्रतिबद्द्ता अनुसार घले दम्पत्तिले आफ्नो समय प्रायः लाप्रकमा नै केन्द्रित गरेका छन्।

15774920_820085628132367_7751696558635813471_o

अध्यक्ष घलेले यसपटकको दुई हप्ते बिदालाई लाप्राक पुनःनिर्माणका लागि उपयोग गरेको बताउँदै सामाजिक संजालमा लेखेका छन्,” चीनबाट मगाएको इट्टा बनाउने मेसिन लिएर एनआरएनएका साथीहरु सहित म र पत्नी जमुना झण्डै एक साताअघि लाप्राक पुगेका थियौं । इट्टा बनाउने मेसिन जडान भइसकेको छ भने भूकम्पपिडीतलाई घर निर्माण गर्ने काममा केही ठोस प्रगतिहरु भएका छन् । झण्डै सात सय मिटर तलबाट पानी ल्याउने काम पनि सम्पन्न भएको छ ।”ज्यानै कठ्याङ्ग्रीने चिसो लाप्राकमा आँफूहरुले लाप्राकबासीको न्यानो आतिथ्यता र सहयोग पाएको पनि अध्यक्ष घलेले जनाएका छन्। घलेले थपे,”स्वयंसेवकका रुपमा हामी पनि टेण्ट टाँगेर साइटमै सुत्यौं र बिहानैदेखि बेलुकीसम्म पुनःनिर्माणको काममा खटियौं ।”

स्थानीय समुदायसँग निकै रमाइलोसँग तमु ल्होछार मनाउने अबसर पाएको उल्लेख गर्दै अध्यक्ष घलेले निकै बर्षपछि गाउँले दाजुभाई दिदीबहिनीसँग यति मौलिक रुपमा ल्होछार मनाउने अबसरले सवैभन्दा सुखद् अनुभूति गरेको बताएका छन्। एक हप्ताको लाप्राक बसाई सकेर आज मात्र काठमाण्डौ फर्केको बताउँदै अध्यक्ष घलेले तमु ल्होछार तथा अंग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना समेत ब्यक्त गरेका छन्।

संघले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती तथा निजी आवास लगायत संरचना निर्माण गर्दै छ । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK