घर भित्रै थुनिएका छन् अनमोल, यस्तो छ कारण

ENGLISH

ENTERTAINMENT

घर भित्रै थुनिएका छन् अनमोल, यस्तो छ कारण

19 January, 2017 | Bhawana Pathak | 1115 Views | comments

सानै उमेरमा स्टार बनेका अभिनेता अनमोल केसी पछिल्लो समयमा सार्वजनिक कार्यक्रमहरुमा देखिँदैनन् । त्यसो त अनमोल जुन पायो त्यहि र जहाँ पायो त्यहि भएका कार्यक्रमहरुमा पहिले पनि जाँदैनथे । तर अहिले भने उनी देखिन ठप्पै भएको छ । अनमोल अहिले सार्वजनिक कार्यक्रमहरुमा मात्रै हैन आफ्ना आफन्तलाई भेट्ने सम्म समय मिलाउन नसक्ने भएका छन् । उनले अहिले आफ्ना आफन्तहरुलाई पनि भेट्न नबोलाउनको लागि आग्रह गरेको समाचार बाहिरिएको छ ।

anmol

अनमोल अहिले ‘कृ’ सिनेमाको तयारीमा लागेको हुनाले बाहिर निस्किन नमानेका हुन् । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने सिनेमाको ‘कृ’ को सुटिङ फागुन देखि शुरु हुने छ भने अनमोल ‘कृ’ का मुख्य कलाकार हुन् ।

आफ्ना ४ वटा सिनेमाले दर्शकको राम्रो माया पाएका कारण पाँचौ सिनेमाले पनि राम्रो सफलता पाओस् भन्ने अनमोल चाहन्छन् । चरित्रमा भिजेर राम्रो काम गर्ने तयारी गरिरहेका अनमोल अहिले बाहिर निस्कनु भनेको सहि दिमागलाई भड्काउनु जस्तै हुने भएको भन्दै बाहिर निस्किन नचाहेको जानकारी छ । अनमोलको पाँचौ सिनेमा ‘कृ’ २०७४ भदौ १६ मा प्रदर्शन हुनेछ ।

‘कृ’ मा २० लाख पारिश्रमिक
अनमोल सानै उमेरमा धेरै सफलता पाउने कलाकार त हुन् नै यसका साथै उनी सबैभन्दा धेरै पारिश्रमिक पाउने कलाकार पनि बनिसकेका छन् । उनका सिनेमाले पाएको सफलता देखेर उनलाई आफ्नो सिनेमामा लिनको लागि सबै निर्माता र निर्देशकहरु अघि सर्छन् । तर उनको पारिश्रमिक भने जो पायो त्यहिले दिन सक्ने छैन । उनको लागि ठूलै बजेटमा बनेको सिनेमा र धेरै खर्च गर्न सक्ने निर्माताहरु नै चाहिन्छन् । किनकी अनमोल एक सिनेमामा काम गरेबापत अब २० लाख पारिश्रमिक लिने भईसकेका छन् । उनले आफ्नो पारिश्रमिक सिनेमा ‘कृ’ बाटै २० लाख पुर्याएका हुन् । उनले पारिश्रमिक बढाएपछि एकताका सिनेमा उद्योेगमा तहल्का नै मच्चिएकौ थियो ।

‘कृ’ मा अनमोलकी हिरोईन
अनमोल केसीको सिनेमा ‘कृ’ बाट नव नायिका अदिती बुढाथोकीले ब्रेक लिँदै छिन् । झापा दमककी अदिती चर्चित मोडल हुन् । उनले भारतको चर्चित म्युजिक कम्पनी सोनी म्युजिकबाट बन्न लागेका ३ वटा गीतहरुमा काम गर्दैछिन् भने केही हिन्दी सिरियलहरुका लागि पनि छनौट भएकी छिन् । अदितीले हिन्दी फिल्मको लागि तयारी गरिरहेका खबरहरु पनि छन् । सम्भवत अदिती अहिले कामकै सिलसिलामा मुम्बईमा छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK