ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ मा नेपाली कलाकारहरुको जमघट

ENGLISH

NRN GLOBAL

ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ मा नेपाली कलाकारहरुको जमघट

15 July, 2017 | Bipin Acharya | 695 Views | comments

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ भने तयारी पनि तिब्र रुपमा सम्पन्न गर्दै अन्तिम चरणमा पुगेको छ ।

२०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन । खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान फ्रान्स, ईटलि तथा बिस्वको विभिन्न देशहरु बाट आउने सम्पुर्ण नेपाली कलाकारहरुको उपस्थितिमा सम्पन्न हुन लागेको यस अवार्ड नेपाली कलाकारहरुको लागि महाकुम्भनै हुन सक्ने जानकारहरु बताउछन ।

नेपाल तथा अमेरिकाको ७० औ फ्रेन्डशिप साठ गाठ बर्ष मनाउने सुअबसरमा हुन गईरहेको यस खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउने र दुइ देश बिचको भाषा सस्स्कृतिलाई तथा चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सहयोग पुग्ने कुरा अधक्ष्य श्रेष्ठ बताउछन ।

नेपाली चलचित्र गाउं देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए। तेस्रो संस्करण भने अस्ट्रेलिया अथवा दुबईमा हुन सक्ने कुरा पनि अधक्ष्य श्रेष्ठले बताए ।

नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो । दोस्रो संस्करणको अवार्ड सोही स्थानको होटेल क्राउन प्लाजामा गरिने जनाइएको छ ।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यसपालिको अवार्ड पनि भव्यताका साथ सम्पन्न गरिने भएको छ भने उक्त अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् भने आयोजक समितिका अधक्ष्य नायक नबराज श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका कुरा अधक्ष्य श्रेष्ठले बताए ।

उक्त अवार्ड कार्यक्रममा नेपाल बाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मदु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK