ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

ENGLISH

NRN GLOBAL

ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

11 June, 2018 | Sandeep Bhattarai | 2550 Views | comments

भिक्टोरिया डे

ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे भव्यताका साथ मनाएको छ। रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने, भिक्टोरिया डेमा यो बर्ष परेडमा ३ सय र वाहिर ४ हजार भन्दा बढी नेपाली समुदायबाट सहभागिता रहेको थियो।

स्थानिय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप अपार सफलता प्राप्त गरे बापत, बिगतमा हरेक दुई बर्षमा मनाईने भिक्टोरिया डे, ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्ष देखि हरेक वर्ष मनाउन शुरु गरिएको हो।

कार्यक्रममा विभिन्न धर्म, जाती एवं संस्कार र संस्कृति झल्कने पहिरन सहित करिब तीनसय भन्दा बढी परेडमा र हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको थियो। स्थानिय समूदाय र नेपाली समूदाय बिचको दुरीलाई नजिक ल्याउन उक्त कार्यक्रममा प्रथम नौमती बाजा यूके, बिसीसी यूके, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लम्जुङ्ग सेवा समाज, किराँत राई यायोखा यूके, मगर संघ यूके, किराँत याक्थुङ्ग चुमलुङ्ग यूके, क्षेत्री समाज यूके, गेसो, मदत समूह, तमुधी यूके, तमु पेलु संघ, गोर्खा आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए।

गोर्खा आमा समूहले तीन वटा सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने, प्रथम नौमती बाजा यूकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्याएको थियो ।यस कार्यक्रमलाई सफल बनाउन कार्य समिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष ओम थापा, परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको बिशेष भूमिका रहेको थियो।

भिक्टोरिया डे

बिहान ११.०० देखि शुरु भई दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात, अध्यक्ष जीव बेलबासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेवी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK