ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न, भिक्टोरिया डे मनाउने तयारी

ENGLISH

NRN GLOBAL

ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न, भिक्टोरिया डे मनाउने तयारी

प्रमिला राई, फान्ब्रो ।

13 May, 2018 | Kabi Adhikari | 1635 Views | comments

ग्रेटर रशमोर नेपाली कम्युनिटीले त्रैमासिक बैठक सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा संचालित उक्त बैठक रशमोर ब्रो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो।

GRNC meeting 10th May4

बैठकमा भरखरै सम्पन्न नेपाली नयाँ बर्ष कार्यक्रम र भेट्रान फण्ड संयोजक एवं बरिष्ठ उपाध्यक्ष राम धन राइले र नेपाली कक्षा सञ्चालन बिषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएकी थिइन। त्यसैगरी इन्फोरमेसन डे, लागु औषध एवं मादक पदार्थ दुर्व्यसन उपाध्यक्ष नेम थापा, रशमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने रशमोर फूड फेष्टिबल, भिक्टोरिया डे सेलिब्रेसन र रशमोर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर अनि ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने १० किलोमिटर दौड र फन रन बिषयमा अध्यक्ष जीव बेलबासेले प्रष्ट्याएका थिए भने कोषाध्यक्ष टोप पल्लिले नयाँ बर्षको छुट्टै र समस्त आयव्यय प्रस्तुत गरेका थिए।

अत्यन्तै सौहाद्र रुपमा सम्पन्न बैठकले भिक्टोरिया डे सेलिब्रेसन र इन्फोरमेसन डे उपाध्यक्ष नेम थापा, नेपाली कक्षा उपाध्यक्ष रन्जिता मल्ल, रशमोर फूड फेष्टिबल सदस्य दिल नेपाली, बार्षिक साधारण सभा महासचिव मान गुरुङलार्इ संयोजक तोकेको छ भने सल्लाकार क्याप्टेन हरि थापालाई रशमोर फूड फेष्टिबलको सहसंयोजक साथै भिक्टोरिया डे सेलिब्रेसन सहसंयोजकमा सदस्य चन्द्र राइलार्इ तोकेको छ।

बैठकमा ८७ बर्षीय जेष्ठ नागरिक पूर्ण गुरुङ र क्याप्टेन हरि थापालार्इ संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र अध्यक्षद्वारा प्रदान गरेका थिए भने महिला विभागका नयाँ सदस्य याम कुमारी भण्डारीलार्इ खादा ओढाई स्वागत गरेका थिए।

छलफलको क्रममा विभिन्न बिषयमा सल्लाहाकार क्याप्टेन हरि थापा, क्याप्टेन बिर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, माया के सी, महिला संयोजक लिला मावो,सदस्य दिल नेपाली, चन्द्र राइ लगायतले आआफ्नो जिज्ञासा र सुझाव राखेका थिए भने महासचिव मान गुरुङले प्राप्त सम्पूर्ण सुझावलाइ पूर्णतया कार्यान्वयन गरिने बचनबद्धता व्यक्त गरेका थिए।

रशमोर र सेरोफेरोमा रहेका नेपाली संस्थाहरुलाई आगामी जुन ९ मा मनाउने भिक्टोरिया डे सेलिब्रेसनमा सहभागिताको लागि आव्हान गर्ने निर्णय गर्दै बैठकको समापन भएको थियो।

ग्रेटर रशमोर नेपाली कम्युनिटीले नयाँ वर्ष मनायो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK