ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के फन रनलाई निरन्तरता दिने

ENGLISH

NRN GLOBAL

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के फन रनलाई निरन्तरता दिने

5 June, 2016 | Sandeep Bhattarai | 625 Views | comments

ukफान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले गत वर्ष जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के फन रनलाई निरन्तरता दिने भएको छ।

गत वर्ष ५०० जनाको लक्ष्य रहेकोमा यस वर्ष १००० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ।नेपाली र स्थानिय समूदाय एक साथ रही आयोजना गरिने उक्त फन रनमा गत वर्ष दुबै समूदायको बराबरी सहभागिता रहेको थियो।दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएकोले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरि ग्रेटर रशमूर नेपाली कम्युनिटीले निर्णय गरेको छ भने अध्यक्ष ओम थापाको प्रस्ताबमा यस वर्ष सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र बरिष्ठ उपाध्यक्ष जीव बेलबासे सहसंयोजक रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ।

आगामी ०४ अक्टुबर २०१६ आइतबार ठिक बिहान १० बजे सुरु हुने उक्त दौडको पूर्व तयारी तिब्र रुपमा भैरहेको र इच्छुक व्यक्तिले २८ सेप्टेम्बर २०१६ भित्र अनलाइन दर्ता गरिसक्नु पर्ने कुरा संयोजक गौचनले बताए।त्यसै गरि गत बुधबार ०१ जुन २०१६ मा रशमूर ब्रो काउन्सिलका मार्टिन स्टेरियो, बेल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राड्क्लिफ, सेक्रेटरी एण्डी राट्क्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन र सहसंयोजक जीव बेलबासे समेतको बैठकले स्थानिय च्यारिटीलाई सपोर्ट, बढी भन्दा बढी सहभागिता, आबश्यक मार्सलको टुंगो लगाउने र ब्यापक प्रचार प्रसार गर्ने बिषयमा छलफल भइ निर्णय समेत भएको छ भने रशमूर एरिया मात्र नभई समस्त यूकेबसी नेपाली समुदायमा सहभागिताको लागि ग्रेटर रशमूर नेपाली कम्युनिटीले हार्दिक आव्हान गरेको कुरा बरिष्ठ उपाध्यक्ष जीव बेलबासेले बताए।

यो पनि हेर्नुस – पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK