ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रनको पूर्व तयरी पूरा

ENGLISH

NRN GLOBAL

ग्रेटर रशमूर नेपाली कम्युनिटी

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रनको पूर्व तयरी पूरा

3 October, 2018 | Sandeep Bhattarai | 1910 Views | comments

ग्रेटर रशमूर नेपाली कम्युनिटीग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि १४ अक्टोबर २०१८ बिहान ठिक १० बजे सुरु हुने गरि रशमूर ब्रो काउन्सिल र बेल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र ०२ किलोमिटरको फन रनको तयारी पुरा गरेको छ।

यस वर्ष १० के तर्फ ११०० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ हालसम्म ९६८ जनाले बुक गरिसकेको कुरा रेस डाइरेक्टर देव पोर्टरले जानकारी गराए।

नेपाली र स्थानिय समुदाय एक साथ रही आयोजना गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा गत बर्षदेखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी फन रनको समेत आयोजना गर्ने गरिन्छ भने फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रशमूर नेपाली कम्युनिटीले बहन गरेको गरेको छ।

दुवै समूदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएको कारण हरेक वर्ष अक्टोबरमा निरन्तर रुपमा आयोजना गर्ने गरिएको छ। सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष राम धन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ र बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ भने सल्लाहकार क्याप्टेन बिर थापा र उनको टिमले सम्पूर्ण मार्शल र साँस्कृतिक क्रियाकिलापको जिम्मेवारी निर्वाह गर्ने छ।

त्यसै गरि मिमोसा अल्डारशटका मेनेजर एवं जीआरएनसी सदस्य दिल नेपालीले हल्का खानाको व्यवस्था गर्ने छन भने रशमोर ब्रो काउन्सिलका मार्टिन स्टेरियो, बेल्याक वाटर भ्याली रनर्सका देव पोर्टर, ग्रेंजरका जेनी अपस्टिलको विशेष जिम्मेवारी रहेको छ।

१० के एवं ०२ के फन रनको लागि मंगलबार बसेको अन्तिम बैठकको समिक्षा अनुसार बिगत बर्षहरुमा भन्दा यो बर्ष नेपालीको तर्फबाट दौडमा भाग लिनेको संख्या निकै नै घटेको पाइएकोले पुन: सबै नेपाली समुदायमा https://www.fullonsport.com/event/rushmoor-wellesley-10k-run-2018/profileमा गएर यथाशक्य छिटो बुक गर्नु हुन ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा हार्दिक अपिल गरिएको कुरा प्रवक्ता प्रमिला राईले बताइन।

दौडमा १० के तर्फ टिशर्ट र मेडल प्रदान गरिने छ भने फन रन तर्फ मेडल प्रदान गरिने छ।

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के फन रनलाई निरन्तरता दिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

मसल मोडल प्रतियोगिता

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK